+
+

चीनद्वारा तीन अमेरिकी पत्रकारलाई देश निकाला

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १०:१०
यसअघि चीनले देश निकाला गरेका वाल स्ट्रिट जर्नलका पत्रकारद्वय फिलिप वेन (वायाँ) र जोश चेन बेइजिङ एयरपोर्टमा । तस्वीर : एफएपी

५ चैत, काठमाडौं । चीनले अमेरिकाका थप तीन जना पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ । न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न भनेको हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ । यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको छ ।

यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?