Comments Add Comment

विवेकानन्दको सुझाव : सफलताका लागि मनलाई कसरी एकाग्र बनाउने ?

विवेकानन्दको जन्म कोलकातामा भयो । जीवन र जगत् सम्बन्धी आफ्नो जिज्ञासाको खोजी गर्दै गएका विवेकानन्दले एक योग्य गुरुको रुपमा सन्त रामकृष्णको साथ पाए । सन्त रामकृष्णले एक योग्य चेला पाए । सधैं गहिरा र सरल तथ्यलाई मनन गर्दै आएका विवेकानन्दले “हरेक आत्मा परमात्मा हो र यो ईश्वरीय लक्ष्य बाह्य र आन्तरिक इन्द्रियलाई नियन्त्रण गरेर प्राप्त गर्न सकिन्छ’ भन्ने तथ्य बाहिर ल्याए ।

दर्शनको अर्थ मान्छेलाई कसरी खुशी बनाउन सकिन्छ ? भन्ने हो । त्यही मान्छेलाई खुशी बनाउने सूत्र बोकेर अमेरिका पुगेका विवेकानन्दले सिकागोमा भाषण गरेर अधिकांशको मन पगाले । आफ्नो व्यक्तित्व उचाईमा पुर्‍याए भने पूर्वीय दर्शनप्रति धेरैको आशक्ति बढाए ।

स्वामी विवेकानन्द प्राय: आफ्नो विचारलाई सकारात्मक बनाउन सुझाव दिन्छन् । सयौं मानिसले गर्न नसकेको कामलाई एउटा व्यक्तिले लिएको दह्रो आत्मविश्वासले सफल बनाउने भन्दै उनी चिन्तनमा जोड दिन आग्रह गर्छन् । चिन्तनले चिन्ता भगाउँछ । यो पूर्वीय दर्शनको ज्ञान हो।

दु:खको समाधान नै मुक्ति वा मोक्ष हो भन्ने दार्शनिक मत छ । दु:ख भगाउन र सधैं खुशी हुन चाहने आफ्ना चेलाहरुलाई विवेकानन्द भन्छन् “एउटा विचार राख्नुहोस्, त्यो विचारलाई आफ्नो जीवन बनाउनुहोस्, यसको बारेमा सोच्नुहोस्, यसको बारेमा सपना देख्नुहोस् र दिमाग लगायतका शरीरको मांसपेशीहरु र स्नायुहरूलाई समेत एकैसाथ त्यो विचारमा समाहित गर्नुहोस् । एउटा विचार सोचेसम्म अर्काे विचारलाई दिमागबाट हटाउनुहोस् ।’

स्वामी विवेकानन्दको विचारमा अनियन्त्रित दिमागले हामीलाई जीवनमा नकारात्मकता तर्फ डोहोर्‍याउँछ र नियन्त्रित दिमागले हामीलाई यस नकारात्मकताबाट जोगाउँछ । उनले भनेका छन् ‘आत्म जागरूकता नै आफ्नो दिमागलाई नियन्त्रण गर्ने उत्तम तरिका हो ।

इच्छाशक्ति र अठोटले दिमागलाई भड्काउनबाट पनि रोक्न सक्छ । यद्यपि उनका अधिकांश शिक्षाहरू चेतावनीमूलक छन् । किनकि उनका अनुसार दिमागलाई वशमा राख्नको लागि एउटै विचारलाई बारम्बार अभ्यासमा ल्याउनु आवश्यक छ । दिमाग नियन्त्रण गर्न दिनको दुई पटक ध्यान गर्न सुझाव दिन्छन् विवेकानन्द ।’ विशेषगरी बिहान र साँझको समय ध्यानको लागि उपयुक्त हुन्छ । किनकि यो समय दिनको शान्त समय हो ।

उनलाई विश्वास छ कि यसले दिमागमा हुने उतारचढावलाई कम गर्न मद्दत गर्छ । दिमागलाई नियन्त्रणमा राख्ने सम्बन्धमा विवेकानन्दले एकाग्रतालाई जोड दिएका छन् । एकाग्रताले मानिसलाई पाशुवत रुपबाट मुक्त गर्न मद्दत गर्छ ।

नैतिकता र दिमाग नियन्त्रणको बारेमा विवेकानन्दको शिक्षा

ईश्वरीय मेलमिलाप र सामूहिक विकासको सन्देश भनेको सामान्य एउटा दार्शनिक पाठ मात्रै हो । जसमा सबै दार्शनिक प्रवचनहरू पाउन सकिन्छ । उनीहरूका अनुसार नैतिकता सीधा दिमागको नियन्त्रणसँग सम्बन्धित छ । बलियो र नियन्त्रित मन नै परोपकारी, शुद्ध र बहादुर हुनेछ । यसैले सबै काम गर्न सक्षम हुनेछ ।

विवेकानन्दका बौद्धिक शब्दहरू जसले दिमागलाई नियन्त्रण गर्दछ

दिमागलाई नियन्त्रण गर्ने काम त्यति सजिलो त छैन । तर, यो आफैंमा असम्भव काम पनि होइन । यसलाई नियमित र व्यवस्थित गर्न सकेको खण्डमा यस्तो लाग्दछ कि भित्रैबाट ईश्वरीयता प्राप्त भएको छ ।

विवेकानन्दको विचारमा शरीर हाम्रो एउटा हतियार हो । त्यसैले हामीले यसलाई अझ सुदृढ बनाउँदै लैजानु पर्छ । केवल आफ्नो दिमाग र शरीरलाई सुदृढ बनाउने बारे मात्रै सोच्नुहुन्छ भने तपाईं जीवनको सागर पार गर्न सक्नुहुन्न भन्ने उनको भनाई छ । आफैंमा बलियो विश्वासले हामीलाई आध्यात्मिक बनाउँछ  । यसले हामीलाई ठूलो खुशी दिन्छ । यसैबाट हाम्रो दिमाग नियन्त्रण हुन्छ । जुन सफलताको एउटा मुख्य मार्ग हो ।

विवेकानन्द भन्छन् ‘दिमागलाई नियन्त्रणमा राख्नुहोस्, किनकि दिमाग ताल जस्तो छ । जहाँ खसेका हरेक ढुंगाले छाल उत्पन्न गराउँछ । यी छालहरू हामीले देख्दैनौं । तर, यसले हामीलाई हानि गरिरहेको हुन्छ ।’

अर्काे प्रसंगमा उनी भन्छन् ‘चुपचाप बस्नुहोस् र मन जहाँ जान चाहन्छ त्यहाँ घुम्न दिनुहोस् । तर आफैंमा दृढ विश्वास राख्नुहोस् कि तपार्इंले आफ्नो दिमाग सबै अनियमित दिशामा जान दिनु भएको छैन ।’ दिमाग हँसिलो र शान्त रहन दिनुहोस् । यसलाई धेरै यताउता जान दिनुहुँदैन । किनकि यसले ध्यानलाई भ्रमित बनाउँछ ।

ध्यानको अर्थ यो हो कि तपाईंले आफ्नो दिमागमा विजय प्राप्त गर्नुभयो । त्यो दिमागले विश्वका सबै विचार मोह र मोहलाई कम गर्दछ । यसले तपाईंको चेतनालाई बिस्तार गर्दछ । यसको लागि बाह्य र आन्तरिक सबै इन्द्रियहरू मानवको नियन्त्रणमा हुनुपर्छ । यो मसलाको अभ्यासबाट नै उनले आफ्नो मनलाई प्रकृतिका आज्ञाहरू र इन्द्रियहरूका बिरूद्ध केन्द्रित गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment