Comments Add Comment

एन्फा विवाद सतहमा, वरिष्ठ उपाध्यक्षले राखे ९ बुँदे फरक मत

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद सतमा आएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फा कार्यसमिति बैठकले गरेका निर्णयमा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो ।

एन्फा कार्यसमितिको ०७६ माघ २६ गते बसेको बैठकले गरेको निर्णयमा आफ्नो असहमति रहेको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले ९ बुँदे नोट अफ डिसेन्ट लेखेका छन् । उनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई मंगलवार उक्त असहमतिपत्र बुझाएका छन् ।

यसअघि कार्यसमिति बैठकमै आफ्नो असहमति रहेको भन्दै माइन्युट बुकमै लेख्न खोज्दा अध्यक्ष र महासचिवले लिखित रूपमै असहमति पत्र लेख्न भनेकाले त्यहीअनुरूप गरेकाे नेम्वाङले बताएका छन् ।

नेम्वाङले एन्फाले विभिन्न ९ वटा एजेन्डामा गरिएको निर्णयबारे आफ्नो असहमति जनाएका छन् ।

जसमा फागुन पहिलो साता सम्पन्न ‘ए’ डिभिजन लिगका लागि कतार एअरवेज र एनटिभीसँग गरिएको सम्झौतालगायतमा फरक मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment