Comments Add Comment

खाना खाने बेलामा मोबाइल चलाउनु घातक

बच्चालाई समयमै खाना खुवाउनु आफैंमा गाह्रो काम हो । धेरै बच्चाहरू स्वस्थ खानालाई मन पराउँदैनन् । उनीहरु स्वस्थ खानेकुराहरु खानको लागि अभिभावकले गर्ने आग्रहलाई अनेक अनेक बाहानामा टार्दै आउने गरेका हुन्छन् । यस्तो अवस्थामा बच्चालाई कहिले कथा भन्दै खाना खुवाउनु पर्ने हुन्छ भने कहिले मोबाइल दिएर भुलाउँदै खाना खुवाउनु पर्ने हुन्छ । बच्चा खेल खेल्न व्यस्त हुन्छ र खाना धेरै खुवाइन्छ भन्ने धेरै अभिभावकहरुको बुझाई हुनसक्छ । तर, त्यो आफैंमा गलत हुनसक्छ ।

पाचन प्रणालीको लागि हामीले खाना खाने शैली, खाना खाँदा प्रयोग गर्ने आसन र यसको विधिको रुपमा समेत आयुर्वेद शास्त्रहरुले धेरै व्याख्या गर्ने गरेको छ । अन्वेषकहरू यो विश्वास गर्छन् कि खाना खाँदा आफ्नो ध्यान भंग गराउनुले पाचन प्रणालीमा असर गर्नेगर्छ ।

जसले खाना केवल अघाउनको लागि मात्रै सीमित हुन्छ । त्यसले शरीरको विकासमा खासै ध्यान दिँदैन । खाना खाने बेलामा ध्यान दिनुपर्ने कुरा त बुद्धको समय र त्यो भन्दा अघिदेखि चल्दै आएको कुरा हो । अहिले पनि विभिन्न अध्ययनहरुले यस्तो विषयलाई ध्यान दिने गरेको पाइन्छ ।

बच्चाहरूले खाना खाने बेला किन ध्यान भङ्ग गर्नुहुन्न ?

धेरैलाई लाग्न सक्छ धेरै खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर, यो सोचाईमा सत्यता हुँदैन । थोरै भएपनि त्यसलाई ध्यान दिएर खानु नै उपयुक्त हुने गर्छ । खाना खाने बेलामा बच्चाको ध्यान भंग भयो भने उसको मस्तिष्कले खाना भन्दा धेरै खेलहरु तिर ध्यान दिने गर्छ । जुन बच्चाको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने गर्छ । यस्तो गर्दा बच्चा खेल्नमा व्यस्त हुन्छ र उसको खाने क्षमता प्रभावित हुन्छ ।

अनुसन्धानले के भन्छ ?

अन्वेषकहरू अनुसन्धानको क्रममा १५ मिनेटसम्म कम्प्युटरमा खेल खेल्ने ११९ बालबालिका र युवाहरुलाई आफ्नो अध्ययन क्षेत्रमा राखेका थिए । यसरी हेर्दा गेम नखेली भोजन गर्नेहरुले तुलनात्मक रुपमा कम खाना खाए । तर, उनीहरुले ध्यान दिएर खाना खाए ।

ध्यान नदिएरै खाना खानेहरुले तुलनात्मक रुपमा कम खाना खाए । अध्ययन पोषण सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने एउटा जर्नलमा प्रकाशित भएको थियो । जसमा उनीहरू दुई फरक समयमा यसमा सहभागी भएका थिए ।

कुन खेलमाथि गरियो अनुसन्धान ?

यो अनुसन्धान रिसर्च र्‍यापिड भिजुअल इन्फर्मेशन प्रोसेसिङ्ग (आरबीआईपी) माथि गरिएको थियो । जसले प्रयोगकर्ताको स्मृति र एकाग्रतामाथि परीक्षण गरेका थिए । साथै अल्जाइमर जस्ता समस्याहरूको पनि यही क्रममा परीक्षण गरिएको थियो । अन्वेषकहरू भन्छन ‘कुनै पनि खेल खेल्दै खाना खाँदा त्यसले ध्यान केन्द्रित गराउँदैन साथै खाना खाने क्षमता पनि कम हुन्छ ।

खाने बेलामा खेल खेल्दा के हुन्छ प्रभाव ?

अनुसन्धान कर्ताहरुका अनुसार कम्प्युटरमा खेल खेल्नु, टिभी हेर्नु, च्याट गर्नु र ईमेलको उत्तर दिनुभन्दा पनि त्यस व्यक्तिले थोरै मात्रामा खाना खान्छ र खानको सट्टा उसले टेक्नोलोजीमा बढी ध्यान दिन्छ । ताकि उसले शरीरलाई चाहिने खानेकुरा खान सक्दैन । बच्चाहरू भिडियो गेम वा टेक्नोलोजी एवं अन्य खेलहरू खेल्नमा धेरै व्यस्त भएपछि तिनीहरूको खाना खाने क्षमतामा समेत यसले  प्रभावित गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment