Comments Add Comment

के हो होम स्कुलिङ

बालबच्चालाई विद्यालय पठाउनैपर्छ ? विद्यालय नपठाउँदा के हुन्छ ? के उनीहरुले विद्यालयबाहेक पनि जीवनोपयोगी कुरा सिक्न सक्छन् ? अहिले यस विषयमा वहस मात्र भइरहेको छैन, नयाँ अभ्यास पनि भइरहेको छ । खासगरी विद्यालयको प्रणाली, शिक्षक-शिक्षिकाको व्यवहार, वातावरण, शैली आदिको कारण बच्चामा पर्नसक्ने नराम्रो प्रभावबाट बच्न घरमै पठन-पाठनको व्यवस्था गर्न थालिएको छ । खासगरी विद्यालय जान नसक्ने वा नचाहने बालबच्चालाई घरमै राखेर दिइने शिक्षाको प्रभावकारीता पनि बढदो छ ।

होम स्कुलिङ बालबालिकालाई कुनै सार्वजनिक तथा निजी विद्यालयमा पठाउनुभन्दा घरमा नै राखेर अभिभावकले शिक्षा दिनु हो । मानिसहरुले धेरै कारणले होमस्कुलिङलाई रोज्छन् । तोकिएको शैक्षिक विकल्पमा सहमत नहुनु, फरक धार्मिक आस्था वा शैक्षिक सिद्धान्त र परम्परागत विद्यालय संरचनाले प्रगति भएको छैन भन्ने महसुस गर्ने अभिभावकले आफ्ना बालबालिकालाई घरमा नै राखेर शिक्षा दिन्छन् ।

यस किसिमको गतिविधि सन् १९७० को दशकमा शुरु भएको थियो । त्यतिबेलन देखि नै यस विषयमा विभिन्न शोधकर्ता तथा लेखकले आफ्नो पुस्तक लेखेका थिए । उनीहरुले होमस्कुलिङलाई एक भरपर्दो विकल्पको रुपमा पेश गरेका थिए । एक अध्ययनका अनुसार अहिले अमेरिकामा २० लाखभन्दा धेरै बालबालिकाले घरमा नै अभिभावकबाट शिक्षा पाइरहेका छन् । अमेरिकाको ५० वटै राज्यमा होमस्कुलिङलाई कानुनी मान्यता दिइएको छ । अन्य केही मुलुकमा पनि यसलाई कानुनी मान्यता प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ?

घरमा नै आफ्ना बालबालिकालाई पढाउन अमेरिकाका केही राज्यमा केही आवश्यक पर्दैन । तर केही राज्यले भने केही समयको अन्तरालमा उनीहरुलाई स्ट्याण्डर्ड परीक्षा लिने गरेका छन्  ।

अभिभावकको शैक्षिक पृष्ठभूमि

अमेरिकाको सबैजसो क्षेत्रमा घरमा नै बालबालिकालाई पढाउन कुनै शैक्षिक प्रमाणपत्र आवश्यक हुँदैन । बालबालिका विद्यालय जाने उमेर भएसँगै उनीहरुले धरमा नै अभिभावकबाट शिक्षा पाउन थाल्छन् । तर, पहिला नै विद्यालय जाने बालबालिकालाई होमस्कुलिङको प्रक्रिया भने केही फरक हुन्छ । त्यसको लागि शुरुमा विद्यालयमा आफ्ना बालबालिकालाई होमस्कुलिङको लागि ल्याउने गरी आवेदन दिनुपर्छ । त्यसपछि अभिभावकको नियत के हो भन्ने विषयमा छलफल हुनेछ र यो छलफलको आधारमा उनीहरुलाई बालबालिका होमस्कुलिङको लागि पठाउने वा नपठाउने भन्ने कुराको निर्णय गरिन्छ ।

अमेरिकामा सरकारले पनि केही हदसम्म होमस्कुलिङको लागि सहयोग गर्ने गरेको छ ।

फरक उमेरका बालबालिकालाई होमस्कुलिङ

होमस्कुलिङको क्रममा अभिभावकहरुले फरक उमेर समूहका बालबालिकालाई पनि एकैसाथ पढाउने गर्छन् । विशेष गरी इतिहास, साहित्य, कलाजस्ता विषय फरक उमेर समूहका बालबालिकालाई पनि एकैसाथ पढाउन सकिन्छ । तर, गणितजस्ता विषय पढाउँदा भने फरक उमेर समूहका बालबालिकालाई फरक हिसाबले पढाउनु जरुरी हुन्छ ।

यो पनि पढ्नुहोस किन डराउँछन् स्कुलदेखि बच्चा ? यस्तो छ कारण

होमस्कुलिङको सबैभन्दा फाइदा आवश्यकता अनुसारको सेवा हो । होमस्कुलिङको क्रममा अभिभावक बिरामि भए पनि उनीहरुले आवश्यक परेको खण्डमा खाटबाटै बालबालिकालाई निर्देशन दिन सक्छन् । होमस्कुलिङमाअभिभावकले आफूलाई उपयुक्त हुने समय निकालेर बालबालिकालाई पढाउन सक्छन् । धेरैले भने बिहानको समयमा नै पढाउन शुरु गर्छन् । साथै उनीहरुलाई विद्यालयको क्यालेण्डर अनुसार पढाउने वा नपढाउने भन्ने पूर्ण स्वतन्त्रता हुन्छ । उनीहरुले आफूलाई अुनकूल हुने बिदाको समयमा पनि पढाएर अरु बेलामा बिदा लिन पनि सक्छन् ।

यस्तोमा विद्यार्थीले पनि आफ्नो समय र व्यवहार अनुसार नै प्रगति गरिरहेको हुन्छ । एक अध्ययन अनुसार यसरी घरमा नै शिक्षा पाउने बालबालिकाले औसतमा ८७ प्रतिशत अंक ल्याउने गरेका छन् । जबकी अन्य औसत विद्यार्थीले ५० प्रतिशत अंक ल्याउने गरेका छन् । होमस्कुलिङमा अन्य गृहकार्य दिनुभन्दा पनि पढाउँदा पढाउँदै विद्यालयको समयमा नै गृहकार्य गराउनुपर्छ । यसले उनीहरुलाई अतिरिक्त गृहकार्यको भार पर्दैन ।

अभिभावकले पनि बालबालिकाले कसरी सिकाइ गरिरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनु जरुरी हुन्छ । होमस्कुलिङको क्रममा धेरै अभिभावकले कुनै विशेष किसिमको परीक्षा लिँदैनन् । तर, शैक्षिक पाठ्यक्रम अनुसार उनीहरु कत्तिको प्रगति गरिरहेका छन् भन्ने थाहा पाउन बेलाबेलामा परीक्षा लिन पनि सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment