
नायिका केकी अधिकारी अविवाहित छिन् । तर, धमाधम नेपाली चलचित्रका नायिकाहरुले बिहे गर्न थालेपछि यतिबेला केकी दबाबमा परेकी छिन् । केही दिन अगाडि आयोजित नायिका आँचल शर्माको बिहे पार्टीमा पुगेकी नायिका केकी अधिकारीलाई अधिकांश सेलिब्रिटीले बिहेका लागि सुझाव दिए ।
तपाई अब कुन कलाकारको बिहेमा सहभागी हुन चाहनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा अधिकांशको जवाफ नायिका केकी अधिकारी भन्ने थियो । केकीले पनि रमाइलो गर्दै कतै यही पार्टीमा आफ्ना लागि केटा भेटिन्छ कि भन्दै खोजी गरिन् ।
यता, कलाकार दीपकराज गिरीले भने आफूसँग चलचित्र खेलेकाले अब केकी पनि बिहेका लागि तयार भएको बताए । संयोग पनि के छ भने, दीपकसँग चलचित्र खेलेका अधिकांश नायिकाको बिहे भैसकेको छ । स्वस्तिमा खड्का, वर्षा राउत, प्रियंका कार्की, आँचल शर्मा, दीपिका प्रसाँई लगायतका कलाकारको बिहे दीपकसँग चलचित्र खेलेपछि भयो ।
के आउँदो बर्ष केकीको बिहे होला त, यसको जवाफ केकीले दिएकी छैनन् । तर, चलचित्र क्षेत्रका अधिकांश कलाकार भने अब केकीको बिहे हेर्ने रहर पालेर बसेका छन् ।
प्रतिक्रिया 4