Comments Add Comment

बालबालिकाको आत्मविश्वास बढाउने काइदा

एउटा अध्ययनका अनुसार बालबालिकाहरूलाई घरेलु काममा सहभागी गराउनाले उनीहरूमा आत्मविश्वास र आत्मसम्मान बढ्छ । विशेषज्ञहरूका अनुसार घरेलु काममा बालबालिकाहरू रमाउँछन् तर उनीहरूलाई रुचीपूर्वक काम गराउनु पर्छ । उनीहरुले गर्ने कामलाई बोझ बनाइदिनु  हुदैन ।

जिम्मेवारीको भावना

विभिन्न समयमा गरिएका अध्ययनहरुका अनुसार कसैलाई सहायता गर्नाले व्यक्तिमा आत्म-सम्मानको भावना बढ्छ भने अर्कोपटक काम गर्ने इच्छा समेत जागृत हुन्छ । उनीहरुलाई बिस्तारै-बिस्तारै कामप्रति जिम्मेवारीको अनूभुति हुन थाल्छ । त्यसपछि उनीहरू आफू र आफन्तजनप्रति जिम्मेवार बन्न थाल्छन् ।

संयुक्त परिवारमा रहेका कारण अथवा घरमा काम गर्ने मानिसहरु भएका कारण काम गनुपर्ने आवश्यकता छैन भने स्वाभाविक रूपमा बालबालिकाहरुले काम गर्न आवश्यक हुँदैन । तर, रुचिकर तरिकाबाट र कामको महत्त्व बुझाएर काम गराउने हो भने त्यो बालबालिकाको विकासका लागि लाभदायक हुन्छ ।

कुशलता बढ्छ

बालबालिकाहरूले काम गर्ने क्रममा व्यवहारिक तथा सामाजिक कुशलताका बारेमा पनि सिक्न थाल्छन् । घर तथा घर बाहिरको भिन्नतालाई बुझ्न थाल्छन् । उनीहरूको बाल्यावस्था सहजतापूर्वक युवावस्थाको च्णरमा प्रवेश गर्छन् । घरेल’ काम सिक्न कुनै स्कूल अथवा कलेजसम्म जानै पर्दैन । .

तनावलाई नियन्त्रण

अध्ययनको चापका कारण बालबालिकाहरु मानसिक रूपबाट पूर्ण रुपले थकित भैरहेका हुन्छन् । कहिलेकाहीं त्यो तनाव यति बढ्छ कि उनीहरू कुण्ठित हुनुका साथै अवसादग्रस्त समेत हुन पुग्छन् । त्यस्तो बेलामा ओछ्यान लगाउनु, मन पर्ने खाना बनाउन सहयोग गर्नुर्, सरसफाइ गर्नु, आदि घरेलु कामले बालबालिकाहरुको मनलाई आराम दिन्छ । मनलाई रिल्याक्स गर्छ । त्यस्ता काम गरेपछि बालबालिकाहरु स्वभाविक रुपमै उत्साहित  हुन्छन् । उनीहरूको तनावमा पनि कमी आउँछ ।

तार्किक क्षमताको विकास

बालबालिकाहरुले घरेलु काम गर्दा उचित-अनुचित, सही-गलत बुझ्ने, तर्क गर्ने क्षमताको विकास हुन्छ भने व्यवहारिक र सामाजिक मूल्य-मान्यतासम्बन्धी समझदारी पनि बढ्छ । उनीहरूले हरेक कामसित किन, के र कसरी भन्ने कुरामा नजर राख्न थाल्छन् । बिस्तारै उनीहरूले नैतिक र अनैतिकको भेद पनि बुझ्न थाल्छन् ।

योजना बनाउन थाल्छन्

बालबालिकालाई जब कुनै कामको जिम्मेवारी सुम्पिइन्छ, तब उनीहरू त्यसलाई आफ्नो खेलकुद, टेलिभिजन प्रोग्राम आदिका हिसाबबाट योजना बनाउँछन् । यसले गर्दा उनीहरू आफ्नो रुटिन कार्य र दिइएको कार्य सही तरिकाबाट सम्पन्न गर्न सक्छन् । बाल्यावस्थादेखि नै योजना बनाएर काम गर्न सिक्छन् । .

अनुशासनमा रहन सिक्छन्

जीवनमा सफलता हासिल गर्नका लागि समेत अनुशासनको आवश्यकता पर्दछ । जब बालबालिकाहरूले काम गर्छन्, तब उनीहरूले योजना बनाउनु पर्ने हुन्छ । जसका कारण उनीहरूले खेलकुद र अध्ययनका लागि पनि समय प्राप्त गर्न सक्छन् । अनुशासन बिना यो सम्भव हुँदैन ।  बालबालिकाले काम र खेल दुबैमा अनशासित रहनु पर्दछ । यदि त्यसो भएन भने उनीहरुको जीवनमा सन्तुलन कायम हुँदैन ।

ध्यान दिएर काम गराउनु पर्छ

बालबालिकालाई घरको काममा सहभागी गराउँदा अभिभावकलाई मात्र होइन, स्वयं बालबालिकाहरुलाई समेत धेरै फाइदा हुन्छ । तर त्यसरी उनीहरुलाई घरको काममा सहभागि गराउँदा केही त्यस्ता कुरामा पनि ध्यान दिनु पर्छ, जसले सम्भवतः बालबालिकामा नकारात्मक प्रभाव पार्छ र बालबालिकाको व्यक्तित्वलाई अलग दिशा प्रदान गर्न सक्छ ।

गल्ति पनि हुन्छ

बालबालिकाले गर्ने कामबाट शत प्रतिशत सही नतिजाको अपेक्षा गर्नु हुँदैन । बालबालिकाले गर्ने कामलाई उनीहरुले खेलको रुपमा स्वीकार गरेको हुनुपर्छ । यसका साथै उनीहरुले कामको महत्व तथा आवश्यकता पनि बुझ्न थाल्छन् । जुन काम गर्न गाह्रो हुन्छ अथवा जुन कामका बारेमा लगातार सिकाइरहनु पर्छ, बालबालिकाहरु त्यस्तो काम गर्न रुचाउँदैनन् । उनीहरूले गरेको कामलाई उनीहरूकै अगाडि दोहोर्‍याउनु हुँदैन, न त आलोचना नै गर्नु हुन्छ । त्यसो गर्नाले उनीहरूको आत्मविश्वासमा ठेस पुग्ने सम्भावना हुन्छ । .

प्रेमपूर्वक काम

बालबालिकाहरुलाई कुनै पनि काम गराउँदा उनीहरुलाई त्यस कामका प्रति रुचि जगाउनु पर्छ । काममा सहयोग गर्न दवाव दिनुको साटो मायालु भाषामा उनीहरुलाई कामप्रति आकषिर्त गर्न सकिन्छ । प्रेमपूर्वक काममा सहभागि गराइयो भने उनीहरुको कामप्रतिको रुची बढ्न सक्छ ।

उमेर र क्षमतामा ध्यान

बालबालिकाहरुलाई कुनै पनि काम अह्राउनुभन्दा अघि उनीहरुको उमेर, क्षमता तथा शक्तिलाई ध्यान दिनु पर्छ र त्यसै अनुसारको काम दिनु पर्छ ।

तुलना नगरौं

बालबालिकाले गर्ने काम, काम गर्ने तरिका, योग्यता तगा क्षमताको तुलना अन्य बालबालिकाहरुसंग गर्नै हुँदैन । हरेक बालबालिका एक-अर्काभन्दा अलग हुन्छन् । त्यसैले उनीहरूको काम गर्ने शैली, योग्यता तथा क्षमता पनि अलग-अलग हुन्छ भन्ने कुरा अभिभावकले बुझन् पर्छ ।  .

सही शब्द प्रयोग

बालबालिकाहरुलाई जुन काम गराउन चाहेको हो, त्यस कामको विषयमा उचित शब्दमा स्पष्ट रूपमा भनिदिनु पर्छ । आफ्नो कोठा सफा गर्नुपर्छ भन्नुको साटो कपडालाई आलमारीमा, पुस्तकलाई सेल्फमा, खेलौनालाई बास्केटमा राख भनेर सम्झाउँदा उनीहरुले चाँडै बुझ्छन् र त्यसै अनुरुप गर्छन् पनि । यति गरेपछि मात्र उनीहरुलाई कोठा सफा गर्नु पर्ने रहेछ भन्ने कुरा महसुस हुन्छ ।

कामपछि पुरस्कार

बालबालिकाहरुलाई काम अह्राएर मात्र हुँदैन, उनीहरुले राम्रो काम गरे भने तत्कालै पुरस्कारको व्यवस्था गरिदिनु पर्छ । त्यसो गरियो भने उनीहरुले भविष्यमा अझ राम्रो काम गरेर देखाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment