+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एनआईसी एशिया बैंकले उपचार वापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते २०:५८

५ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमा अन्तर्गत १५ लाख प्रदान गरेको छ। उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले यही चैत्र ४ का दिन सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजना अन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेको बैंकले बताएको छ। आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधा अन्तर्गत खातावालाले बीमा रकम दावी गरे बमोजिन सो रकम दिइएको हो। यसैगरी बैंकको बीमा सहितको निक्षेप योजना अन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको जनाएको छ।

बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ। यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकहरूले २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र एक लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सकिनेछ। औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकवहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजार सम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?