Comments Add Comment

क्वारेन्टाइनमा कलाकार: कोही कविता लेख्दै, कोही स्केचमा रमाउँदै

कोरोनाका कारण भारतमा ३ जनाको मृत्यु भइसकेको छ । १७४ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसैले भारतमा कोरोनाको विषयलाई लिएर निकै सतर्कता अपनाइएको छ ।

बलिउडमा पनि कोरोनाको गतिलो प्रभाव देखिएको छ । सम्पूर्ण चलचित्र हलहरु बन्द भएका छन् भने चलचित्रको छायांकन पनि पूर्ण रुपमा रोकिएको छ । त्यसैले बलिउडका कालाकारहरु अहिले फर्सदमा छन् ।

कोरोनाको त्रासका कारण कलाकारहरु क्वारेन्टाइनमा बस्न थालिसकेका छन् । अभिनेता अभिताभ बच्चन आफ्नै क्वारेन्टाइनमा बस्न थालेका छन् । आफ्नो स्वस्थ्य सुरक्षाको लागि भन्दै उनी क्वारेन्टाइनमा बस्न थालेका हुन् । क्वारेन्टाइनमा उनी कविता लेख्दै बसेका छन् ।

नायक सलमान खान पनि क्वारेन्टाइनमा बस्दै आएका छन् । उनी आफ्नै क्वारेन्टाइनमा बसिरहेका छन् । उनले सामाजिक संजालमा फोटो पोष्ट गर्दै आफू क्वारेन्टाइनमा रहेको बताएका छन् ।

क्वारेन्टाइनमा उनी स्केच गरेरर दिन बिताइरहेका छन् । कोरोनाकै कारण सलमानले चलचित्र ‘राधे: द मस्ट वान्टेड भाइ’को छायांकन नै स्थगन गरेका थिए ।

नायिका आलिया भट्टको बास पनि अहिले क्वारेन्टाइनमा नै छ । कोरोनासँग निकै डराएकी आलिया आफ्नै क्वारेन्टाइनमा बस्दै आएकी छिन् ।

नायिका सोनम कपुर पनि अहिले क्वारेन्टाइनमा नै बस्न थालेकी छिन् । लण्डनबाट फर्किएकी सोनम बुधबारबाट क्वारेन्टाइनमा बस्न थालेकी हुन् । उनीसँगै आनन्द आशुजा पनि क्वारेन्टाइनमा छन् ।

नायिका प्रियंका चोपडा र उनका पति निक जोन पनि आइसोलेसनमा बस्दै आएका छन् । एक हप्ताको लागि उनीहरुले आफ्नो दिनचार्य त्यहीँ बिताउने छन् ।

नायिका दीपिका पादुकोण, कट्रिना कैफ, करिना कपुर, नायक रणवीर सिंह, अर्जुन कपुर, अक्षय कुमार लगायत घरमा नै बसेर समय बिताउने सोचमा छन् । दीपिका घर सफा गर्नमा व्यस्त हुनेछिन्‍ भने अक्षय कुमार आफ्नो पारिवारसँग समय बिताउने सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment