Comments Add Comment

पर्यटनमन्त्रीको निर्देशन : धार्मिकस्थलमा लाइन लाग्दा १ मिटर दूरी राख्नू

६ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मठ मन्दिरलगायत धार्मिक स्थलमा लामवद्ध हुँदा कम्तीमा एक मिटर दूरी कायम गर्न निर्देशन दिएका छन् ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको निर्णय कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले धार्मिक स्थलमा लाइन लाग्दा दूरी कायम गर्न आग्रह गरेका हुन् ।

बैठकले मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थलहरुमा एक पटकमा २५ जना भन्दा बढी तीर्थालु र दर्शनार्थी भेलला नहुने व्यवस्थ मिलाउने न्र्णिय गरेको थियो । त्यस्ता धार्मिक स्थललमा लामवद्ध हुन परेमा १ मिटर दूरी कायम गर्न भट्टराईले निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आयोजित बैठकमा मन्त्री भट्टराईले कोरोनाभाइरस कोभिड–१९ कारण विश्व नै संकटमा फसेको उल्लेख गर्दै त्यो संकट नेपालमा भित्रिन नदिन यस बेला सबै क्रियाशील रहनुपर्ने समय आएको बताए ।
उनले पर्यटन मन्त्रालयको जिम्मेवारीमा परेका कामहरुलाई तत्काल कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment