
फाइल तस्वीर
६ चैत, विराटनगर । कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चिकालका लागि स्थगित भएको छ ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि बैठक स्थगित गरेको हो । कोरोना भाइरस संक्रमण रोकथामका लागि संघीय सरकारले गरेको निर्णय अनुसार संसद स्थगित भएको हो ।
प्रदेश १ को प्रदेशसभाको पाँचौं अधिवेशनको बिहीबारको २२ औ बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्म स्थगित भएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4