Comments Add Comment

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

६ चैत, हेटौंडा । पुस २१ गतेबाट सुरु भएको बागमती प्रदेशको हिउँदे अधिवेशन बिहीबार रातिबाट अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

बिहीबारको संसदमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य हुने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो अधिवेशनमा २५ वटा बैठक बसेको थियो । अधिवेशनमा ७ वटा विधेयक र एउटा अध्यादेश दर्ता भएकोमा ४ वटा विधेयक र एउटा अध्यादेश पारित भएको सभामुख श्रेष्ठले जानकारी दिए । अधिवेशनमा १ पटक मौखिक र २ पटक लिखित प्रश्नोत्तरको कार्यक्रम भएको थियो । यस अधिवेशनको महत्वपूर्ण उपलब्धीको रुपमा प्रदेशको राजधानी र नामकरणको टुंगो लगाउनुलाई लिइएको छ ।

बागमती प्रदेशसभा बैठकमा विहिबार सेवा सुविधा सम्बन्धी ऐनको संशोधनका लागि प्रस्तुत विधेयक सर्वसम्मत पारित भएको छ । विधेयक पारित गर्नका लागि प्रदेशसभा नियमावलीको नियम १२१ (२) निलम्बन गरिएको थियो । विधेयक पारित गर्न संसदीय समितिले संसदमा प्रतिवेदन पेश गरेको २४ घण्टा हुनुपर्नेमा विहिबार नै पारित गर्न सभामुखले विशेषाधिकार प्रयोग गरी नियम निलम्बन गरिएको हो । योसँगै सर्वोच्च अदालतको आदेशले रोकिएको स्थानीय तहका जनप्रतिनिधीहरुको सेवा सुविधा दिने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment