
७ चैत, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो ।
महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई जानकारी दिए ।
‘विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,’ अपराध महाशाखा प्रमुख थापाले अनलाइनखबरसँग भने ।
पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।
पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।
प्रतिक्रिया 4