Comments Add Comment

जब शरीरमा प्रोटिनको कमी हुन्छ

कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म  शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गर्नुहुँदैन, विभिनन समस्या उत्पन्न हुनसक्छ ।

आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

जति खाएपनि नअघाउने

सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन चिकित्सकहरु प्रोटिन खाने सल्लाह दिने गर्दछन् । शरीरमा प्रोटिनको कमी भएमा पेटभर खाना खाँदा समेत नअघाएको महसुस हुने गर्छ । र, जति खाना खाएपनि दिनभर भोको महसुस हुने गर्छ ।

‘सेल मेटाबोलिज्म’ मा  प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा प्रोटिनको सेवनले भोकलाई नियन्त्रण गर्ने प्रोटिन निष्काषित हुने गर्छ, जसले लामो समय पेट भरिएको महसुस हुने गर्छ ।  मुसाहरुमा गरिएको उक्त अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुरा खाने मुसाको तुलनामा प्रोटिनको सेवन नगर्ने मुसाहरुमा बोसोको मात्रा धेरै रहेको पाइएको छ ।

इम्युन सिस्टम कमजोर हुने

शरीरमा लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन एक राम्रो विकल्प हुनसक्छ । प्रोटिनको कमी हुने व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ ।

प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्ट बडिज निर्माण गर्न सहयोग पु¥याउँछ । जसले शरीरलाई विभिन्न किटाणु , जिवाणु तथा रोगहरुसित लड्न सिकाउँछ ।

हड्डी भाचिने जोखिम

हड्डीको समग्र विकास तथा हड्डीको मजबुतीको लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका रहेकै हुन्छ  । त्यसैले, जो व्यक्तिले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्र्दैन, त्यस्ता व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तनुका साथै हड्डी फ्राक्चर हुने समस्या पनि बारम्बार उत्पन्न हुन्छ ।

हातखुट्टा सुन्निने

शरीरमा प्रोटिनकै कमीका कारण शरीरमा इडिमाको समेत समस्या निम्तने गर्छ । जसका कारण हातखुट्टामा फ्लुड जम्मा भए हातखुट्टा सुन्निने गर्छ ।

प्रोटिनले रक्तनलीमा नुन तथा पानीलाई नियन्त्रणमा राख्न अहम भूमिका निर्वाह गर्छ ।र ,उक्त  नुन तथा पानीलाई कोषिकामा छिर्न दिदैन ।  यदी रगतमा प्रोटिनको मात्रा न्युन भएमा उक्त फ्लड नियन्त्रित हुन पाउँदैन, जसका कारण हातखुट्टा दुख्ने सुन्निएर इडिमा हुने हवार्ड हेल्थ पब्लिसिङ्गले जनाएको छ ।

कपाल झर्ने

शरीरमा प्रोटिनको कमी भएमा यसले सबैभन्दा धेरै असर कपाललाई पार्ने गर्दछ । त्यसो त हाम्रो कपालको रौ किरेटिन नामक तत्वले बनेको हुन्छ , जुन हाम्रो कपालको जरामा उत्पादन हुने गर्छ । तर जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने तथा कपाल फाट्ने गर्दछ ।

नङ टुक्रिने

मानिसको कपाल झै हातखुट्टाको नङ पनि केराटिनबाट बनेको हुन्छ । त्यसैले, शरीरमा प्रोटिनको कमी भएमा नङ  चिरा पर्नुका साथै टुट्ने तथा भाच्चिने गर्दछ । त्यसैले पनि, नङलाई स्वस्थ राख्न छाला रोग विशेषज्ञहरु खानामा भरपूर मात्रामा प्रोटिनलाई समावेश गर्न सुझाव दिने गर्छन् ।

छालाको समस्या

छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या प्रोटिनको कमीका लक्षण हुनसक्दछन् । ओरिगन स्टेट युनिर्भसिटीले गरेको एक अनुसन्धान अनुसार शरीरमा प्रोटिनको कमी भएमा छाला सम्बन्धि एलर्जीहरु देखा पर्ने गर्दछ । यस्ता एलर्जीलाई चिकित्सकीय भाषामा एक्जिमा पनि भन्ने गरिन्छ । जसका कारण छाला चिलाउने, पोल्ने तथा  छालामा रातो दाग आउने गर्दछ ।

मांसपेशी कमजोर हुने

मांसपेशी मजबुत बनाउन प्रोटिनको सेवन जरुरी छ । जब हामी प्रोटिनको सेवन गर्छौ, हामीले सेवन गरेको प्रोटिन अमिनो एसिडको रुपमा टुक्रिने गर्दछ र शरीरको मांसपेशीलाई आवश्यक पोषण प्रदान गर्दछ । जसका कारण मांसपेशी बलियो हुने गर्दछ ।

तर शरीरमा प्रोटिनकै कमी भएमा शरीरले अन्य तत्वबाट प्रोटिन खोज्न थाल्दछ । त्यतिबेला यसले पुन अमिनो एसिडबाट प्रोटिन लिने गर्दछ । जसका कारण मांसपपेशी कमजोर हुने सान फ्रान्सिसको क्रोनिकलमा प्रकाशित लेखमा उल्लेख छ ।

अनियमित महिनावारीको समस्या

अनियमित महिवारीका कारण धेरै महिलालाई समस्या हुने गर्छ । अनियमित महिनावारी विशेषगरी पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्) का कारण हुने गर्छ ।  पिसिओएस भएमा महिलामा हर्मोन सम्बन्धि समस्या हुनेका साथै बाझोपनाको समस्या निम्तने गर्छ ।

पिसिओएसको समस्या कम गर्न चिकित्सकहरु उच्च प्रोटिनयुक्त खानेकुराको सेवन गर्न सल्लाह दिने गर्दछन् । जबकी पिसिओएसबाट पिडित महिलालाई मैदाबाट बनेको खानेकुरा, चिनी लगायत कार्वोहाइड्रेट्सयुक्त खानेकुरा नखान सल्लाह दिइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment