Comments Add Comment

ईसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

७ चैत, काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार ईसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अपि्रल ३० सम्मका लागि लागू हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो ।

ईसेवामार्फत इसेवा खातामै (पीटुपी ट्रान्सफर ) गर्दा यस अघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्सफर पनि निशुल्क बनाइएको हो ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।’

इसेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । ईसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामाहाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment