+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सिम्रौनगढमा मोबाइल प्रकरण : ५० हजार जरीवाना गर्ने निर्णय फिर्ता

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत ७ गते १५:२५

७ चैत, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका-५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेपछि यो विषय अहिले चर्चामा छ । अविवाहित केटीलाई मात्रै मोबाइल बोक्न प्रतिबन्ध लगाएर छोरीलाई विभेद गरेको भन्दै अहिले यसको आलोचना भइरहेको छ ।

बाहिर आलोचना भएपनि वडाबासी यो निर्णयबाट खुशी भएको दाबी वडा कार्यालयको छ । अधिकारकर्मीको चौतर्फी दबावपछि वडा कार्यालयले बिहीबार बैठक बसेर मोबाइल बोक्न दिएको खण्डमा ५० हजार रुपैयाँ जरीवाना लिने भनी गरेको निर्णय भने फिर्ता लिएको छ ।

बुधबार बसेको वडा पालिकाको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने र मोबाइल बोके ५० हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको थियो ।

मोबाइल प्रयोगकै कारण केटा केटी कमै उमेरमा भागी विवाह गर्ने गरेको बुझाइ वडाको छ । यसैलाई मध्यनजर गरेर वडाले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको वडाध्यक्ष रामबहादुर कुर्मीले बताए ।

सञ्चार माध्यम मार्फत समाचार प्रवाह भएपछि चौतर्फी विरोध आएकोले जरीवाना लिने निर्णय फिर्ता लिइएको कुर्मीले बताए ।

‘सञ्चारमाध्यममा समाचार आएपछि बाहिरबाट विरोध आयो, त्यसैले जरीवाना लिने निर्णय फिर्ता लिएका छौं,’ वडाध्यक्ष कुर्मीले भने, ‘जरीवानाको साटो अभिभावकले निगरानी गर्न भनेका छौं ।’ निर्णय कार्यान्वयन अघि आइतबार वा सोमबार पुनः एक पटक छलफल गर्ने तयारी भइरहेको उनले बताए ।

बाहिरबाट विरोध आएर फिर्ता लिएको भएपनि वडाबासीले भने निर्णयको स्वागत गरेका छन् । वडामा कार्यरत सामाजिक परिचालक मुकेश मेहता छोरीले मोबाइल बोकेकै कारण समाजमा विकृति बढेको भन्दै गाउँबासीले वडाले लगाएको प्रतिबन्धको स्वागत गरिरहेको बताउँछन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?