
७ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासको असामान्य अवस्थामा नेपालका दुई दर्जन भन्दा बढी साप्ताहिक पत्रिका बन्द हुने भएका छन् ।
पत्रिकाका सम्पादकले सामूहिक सूचना निकालेर कोरोना भाइरस त्रासका कारण उत्पन्न परिस्थितिका कारण पत्रिका बन्द गरेको जानकारी गराएका छन् ।
यसरी बन्द हुने पत्रिकामा जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत रहेका छन् ।
यी पत्रिकाका सम्पादकले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन कठिन भएकाले राहतस्वरुप विशेष निर्णय लिइदिन आग्रह गरेका छन् ।
उनीहरुले प्रकाशन बन्द रहेका पत्रपत्रिकालाई बर्गीकरणमा सामेल गराउन भूकम्प र नाकाबन्दीमा जस्तै विशेष निर्णय गरिदिन काउन्सिललाई आग्रह गरेका छन् ।
हेर्नुहोस् पत्र
प्रतिक्रिया 4