+
+
Shares

विप्लव समूहका डोटी जिल्ला सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १९:१४

७ चैत, डोटी । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका डोटी जिल्ला सदस्य सुरेन्द्र देउवा “अर्जुन” पक्राउ परेका छन् ।

जिल्ला जनपरिषद् प्रमुख समेत रहेका देउवालाई प्रहरीले बिहीबार राति जोरायल गाउँपालिका–५ सिस्मडास्थित उनकै घरबाट पक्राउ गरेको हो । ३७ वर्षीय देउवामाथी एनसेलको टावरमा आगजनी गरेको आरोप छ । ०७६ साल साउन १५ गते राति जोरायल गाउँपालिका–१ कुटुन्थलामा रहेको एनसेलको टावरमा आगजनी भएको थियो ।

पक्राउ परेका सुरेन्द्रलाई शुक्रबार साँझ जिल्ला सदरमुकाम पुर्‍याइएको डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए । उनीविरुद्ध आपराधिक परिवेश तथा आपराधिक उपद्रसम्बन्धी कसुरमा मुद्दा चलिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?