Comments Add Comment

अर्पणको ‘लिम्बो’मा आना शर्मा

अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘लिम्बो’मा नायिका आना शर्मा पक्‍का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्नेछिन् ।

निर्देशक थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायांकनमा छन् । यस चलचित्रको छायांकन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय दिनेछन् । चलचित्रको लागि अन्य कलाकारको छनोट हुन बाकीँ रहेको छ ।

अनमोल केसीसँग स्कृन सेयर गर्दै चलचित्र क्षेत्रमा डेब्यु गरेकी आनाको चलचित्र यात्रा सुखद बनेको छैन । डेब्यु चलचित्र ‘जेरी’ रिलिज हुदाँ आनाले पाएको चर्चा पछिल्लो चलचित्रमा देखिएन ।

आना अभिनित ‘ग्याङ्ग स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ लगायत बक्स अफिसमा असफल भए । यी चलचित्रबाट आनाले खासै चर्चा कमाउन सकिनन । आना आफ्नो चलचित्र यात्राले भन्दा पनि प्रेम चर्चाले मिडियामा छाइरहेकी हुन्छिन् ।

आफ्नो चलचित्र यात्रामा दार्विलो पाइला चल्न नसकेकी आनालाई अर्पण थापाको साथ कत्तिको फलदायी होला त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment