Comments Add Comment

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

८ चैत, कैलाली । कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले अनलाइनखबरलाई बताए ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए ।

उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए ।

उनीहरूको रिपोर्ट सोमबार रिर्पोट आउने डा. जोशीले बताए ।

यो पनि पढ्नुहोस कञ्चनपुरबाट ६ घण्टामा १३ हजार नेपाल भित्रिए (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment