+
+
Shares

नर्भिकले भन्यो- कोरोना भाइरसका विरामी फेला परेका छैनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ८ गते १३:४५

८ चैत, काठमाडौं । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको भनाइ छ ।

यसअघि सामाजिक सन्जालमा नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको अफवाह फैलिएको थियो ।

अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई कडा ‘सामाजिक कारवाही’ गर्न माग गरेका छन् । उनले यसलाई सामाजिक अपराध भनेका छन् ।

मैनालीका अनुसार नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एकजुट भइ समस्यासँग लड्नुपर्ने बेलामा भ्रम फैलाइएकोप्रति खेद प्रकट गरेका छन् ।

भ्रामक अडियोबाट अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?