Comments Add Comment

पशुपतिनाथमा विशेष पूजा स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ ।

पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गराउँदै आएको विशेष पूजा स्थागित गरेको छ । पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ ।

नियमित पूजा भने यथावत रहेको छ । तर कोरोनाका कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या कम हुँदै गएको छ । नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दूरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ ।

मन्दिर परिसरमा ठाँउ-ठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment