+
+
Shares

वीरगञ्ज नाकामा ५० बेडको क्वारेन्टाइन

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत ८ गते १९:३२

८ चैत, वीरगञ्ज । वीरगञ्ज नाकामा ५० बेडको क्वारेन्टाइन तयार गरिने भएको छ । वीरगञ्ज- १६ मा रहेको नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल वीरगञ्जमा क्वारेन्टाइनलाई क्वारेन्टाइन बनाउन लागिएको हो ।

कोरोना भाइरस प्रभावित भारतीय राज्य र तेस्रो मुलुकबाट आएका शंकास्पद व्यक्तिलाई यहाँ राखिने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

क्वारेन्टाइन आइतबारसम्म तयार गर्ने गरी काम भइरहेको चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए । ‘भारतमा कोरोना संक्रमण बढिरहेको छ । कोही शंकास्पद मानिस आइहाले कहाँ राख्ने भन्ने समस्या हुन सक्छ’ उनले भने ‘त्यसैले आइतबारबाटै प्रयोग गर्ने गरी तयारी गरेका छौं ।’

हेल्थ डेस्कमा सेनाको सहयोग

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन वीरगञ्ज महानगरपालिकाले नाकामा हेल्थ डेस्क राखेको छ । हेल्थ डेस्कलाई व्यवस्थित बनाउन सेनाले सहयोग गर्नेछ ।

काम र अध्ययनका लागि भारतमा गएका नेपालीहरुका साथै प्रभावित क्षेत्रका भारतीय नागरिकहरु पनि वीरगञ्ज नाकाबाट नेपाल प्रवेश गर्न सक्छन् । त्यसैले नाकामा व्यस्थित स्क्रिनिङका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ ।

हेल्थ डेस्कमा आवश्यकताअनुसार ३/४ जना सैनिक जवानले स्त्रिmनिङमा सखहयोग गर्ने छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?