+
+

सैनिक मुख्यालयमा क्रेनबाट खसेर कामदारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ८ गते २०:११

८ चैत, काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा सोलार प्यानल मर्मत गर्ने क्रममा क्रेनबाट खसेर एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुने कामदार सोलुखुम्बु निबासी ५३ वर्षीय भूपकुमार श्रेष्ठ रहेका छन् । उनी जंगी अड्डामा रहेको सोलार प्यानल मर्मतका लागि क्रेनमाथि चढेका थिए ।

अचानक क्रेनबाट खसेपछि उनलाई ब्यु क्रस अस्पतालमा पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गर्‍यो ।

जंगी अड्डामा सोलार जडान गरेको ठेकेदार कम्पनीले नै श्रेष्ठलाई प्यानलहरुको मर्मतका लागि जंगी अड्डामा पठाएको थियो ।

दुर्घटनामा परी श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिनाले पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?