Comments Add Comment

मनकारी ज्याक मा, जसले विश्वभरी स्वास्थ्य सामग्री बाँड्दैछन्

यस्तो छ ज्याक माको विगत

विश्वको एक प्रतिशत मानिससँग कुल सम्पतिको आधा हिस्सा छ भन्ने मान्यता राखिन्छ । कतिपय व्यवसायीहरुको सम्पत्ति कैयौं मुलुकको राष्ट्रिय बजेटभन्दा धेरै छ । तर, अहिले विश्वव्यापी रुपमा चलिरहेको महामारीको समयमा एकाध बाहेक अरु व्यवसायीहरुले सहयोग गर्न मन देखाइसकेका छैनन् । तर, केही अर्बपतिहरुले भने महामारी सुरु भएको केही समयदेखि नै यसबिरुद्ध सहयोगको घोषणा गरिसकेका छन् ।

शनिबार चिनियाँ अर्बपति एवं अलिबाबाका संस्थापक ज्याकमाले नेपाल लगायत एशियाका विभिन्न मुलुकहरुमा स्यानिटाइजर, १८ लाख भन्दा धेरै मास्क र कोरोना बिरुद्धको किट सहयोग गर्ने घोषणा गरे । आइतबार बिहान फेरि उनले अर्काे घोषणा गरेका छन् । जस अनुसार २० लाख मास्क, ४ लाख टेस्ट किट र १०४ वटा भेन्टिलेटरहरु ल्याटिन अमेरिकाका २४ वटा देशहरुमा सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
अलीबबाबा अन्तरगत नेपालमा चलिरहेको एक नम्बर सपिङ साइटका रूपमा परिचित दराज पनि उनको लगानी भएको कम्पनी हो ।

त्यस्तै, फेसबुकका संस्थापक जुकवर्गले पनि यस अघि नै साना व्यवसायीहरुको विकासको लागि सहयोग गर्ने घोषणा गरिसकेका थिए । ज्याक माले सहयोग गरेको मुलुकहरुमा नेपालको अलावा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन् ।

ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य सामग्रीको अभाव रहेको बताउँदै गर्दा उनले सोही अनुसारको सामान सहयोग गर्ने घोषणा आफ्नो ट्वीटरबाट गराएका हुन् । अधिकारीहरूका अनुसार काठमाण्डूमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन् ।

केही समयअघिसम्म जटिल समस्याको सामना गरिरहेका समस्यामा रहेको चीनमा अहिले कोरोनाको सन्त्रास कम हुँदैछ । यही अवसरमा ज्याकले आफ्नो छिमेकी मुलुकहरुलाई समेत आवश्यक सहयोग गर्न लागेको हुन् ।

को हुन अर्बपति ज्याक मा ?

ज्याक मा ई–वाणिज्य क्षेत्रको विशाल संस्था अलीबाबाका संस्थापक हुन् र अलिपेका एक साझेदार पनि हुन् । अलि पे अलिबाबाको एउटा भगिनी संस्था हो । ज्याकमा चीनको आधिकारिक रुपमा सबैभन्दा धनी व्यक्ति हुन् ।

उनको सम्पत्ति २५ बिलियन अमेरिकी डलर रहेको छ । उनको कम्पनी अहिले १५० बिलियन अमेरिकी डलरको आइपीओ भरेको कम्पनी बनेको छ । अलिबाबामा ज्याक माको मात्रै ७ प्रतिशत हिस्सा रहेको छ भने अलि पे मा ५० प्रतिशत हिस्सा रहेको छ ।

यी सबै विषयहरुले ज्याकमाको सुन्दर जीवनशैलीलाई दृष्टिगत गरेको छ । तर, यी सबै सूचनाहरुमा लुकेको एउटा विषय भनेको उनको बिगत हो । जसले गर्दा उनी अहिले पनि समस्यामा सहयोग गर्ने भावनाको विकास गरिरहेका छन् ।

ज्याक मा एउटा अभावलाई बुझेका व्यवसायी हुन् । उनको विगतलाई हेर्ने हो भने एउटा सादगीपूर्ण जीवन गुजारेर अर्बपतिको सूचीसम्म पर्नेहरुको सूचीमा पर्छन् ज्याकमा पनि । ज्याक मा को जन्म चीनको दक्षिण पूर्वी स्थानमा पर्ने ह्वाङ्जाव प्रान्तमा भएको थियो ।

उनको परिवार मध्यम वर्गीय थियो । त्यतिबेला उनका अभिभावकहरु परम्परागत किसिमको संगीत भर्ने संगीतकार र कथाकारहरु थिए । उनी एक दाइ र एक बहिनीको बीचमा जन्मिएका माहिला सन्तान थिए ।

सानै उमेरदेखि ज्याक अँग्रेजी सिक्न चाहन्थे । तर, उनको परिस्थिति अनुकूल बनिरहेको थिएन । सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले ग्वान्जाओ प्रान्तको भ्रमण गरे । त्यसले गर्दा त्यो क्षेत्र पर्यटनको हिसाबले एकदमै धेरै चर्चित भयो ।

यसले उनलाई पनि काममा संलग्न हुने मौका मिल्यो । उनी अँग्रेजी बोल्ने हरुलाई आफ्नो बाइकमा अँग्रेजी सिक्नको लागि नै बिहानभरी नै निशुल्क घुमाइदिने गर्थे । यही क्रममा एक बिदेशी महिला पर्यटकले राखेको नाम हो ज्याक । यही नामले नै उनी विश्व चर्चित भएका छन् ।

पछि ज्याकले अँग्रेजीमा नै स्नातक उत्तीर्ण गरेका छन् । त्यसपछि उनले अँग्रेजी शिक्षकको रुपमा समेत काम गरे । उनी हान्जाओमा रहेको दियान्जी विश्वविद्यालयमा मासिक १२ डलरमा पढाउने गरेको छन् । ज्याकमा एक धेरै भाग्यशालीको रुपमा देखिन्छ ।

बाल्यकालमा ज्याकमा आफ्नो प्राथमिक विद्यालयको परीक्षामा असफल भए । उनी सो तहमा पटक पटक विद्यालय परीक्षामा असफल भएका छन् । उच्च माध्यमिक विद्यालयपछि विश्वविद्यालयहरूमा आवेदन दिने क्रममा समेत ज्याकले ह्वाङ्जाउको विश्वविद्यालयमा प्रवेश गर्नुअघि तीन पटक प्रवेश परीक्षामा असफल भए । उनले हार्वर्ड विश्वविद्यालयमा भर्ना हुनको लागि दशपल्ट आवेदन दिए तर उनी हरेक पटक यसमा असफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment