Comments Add Comment

क्वारेन्टाइन र आइसोलेसन के भिन्नता छ ?

जब कुनै भयानक रोग देखिन्छ, तब त्यस रोगसंग केही नयाँ शब्दहरु पनि संग-संगै उत्पन्न हुन्छ ।

हिजोआज कोरोना भाइरससंग सम्बन्धित विभिन्न नयाँ शब्दहरु सुनिन थालेको छ । यो समयमा यो रोगबाट बच्नका लागि सञ्चार माध्यमदेखि लिएर सरकारी स्तरहरुसम्म पनि एउटा शब्द बारम्बार प्रयोग भैरहेको छ । त्यो शब्द हो ‘क्वारेन्टाइन’ । धेरै मानिसहरु यो शब्दलाई आइसोलेसन पनि भनिरहेका छन् । उस्तै सन्दर्भमा प्रयोग पनि गरिरहेका छन् । तर मेडिकलको भाषामा फरक अर्थमा यसको प्रयोग गरिन्छ । त्यसैले क्वारेन्टाइन र इसोलेसनमा के फरक छ र यी दुबैको अर्थ के हुन्छ भन्ने बारेमा केही जानकारी ।

क्वारेन्टाइन शब्दको उत्पत्ति

मरियम वेबस्टर डिक्सनेरीको अनलाइन पोर्टलका अनुसार क्वारेन्टाइन शब्दलाई अंग्रजी भाषामा समावेश गर्नको पछाडि फ्रेन्च र इटालियन दुवैको प्रभाव रहेको छ ।

शुरुवातमा क्वारेन्टाइन शब्द फ्रेन्च भाषाबाट लिइएको थियो, जसको अर्थ करिव ४० थियो । यो १४ औं शताब्दीको वर्षको अन्त्यतिरको कुरा हो । यस बाहेक बाइबलबाट पनि एउटा सन्दर्भ प्राप्त हुन्छ, जसमा जिसस क्राइस्टले केही समयका लागि रेगिस्तानमा उपवास राखेका थिए । जसमा चालिस दिन उल्लेख गरिएको पाइन्छ, जसको मूल रुपले धार्मिक अर्थ रहेको छ ।

त्यसपछि १६ औं शताब्दीमा ब्रिटेनको एउटा ठुलो जहाजलाई त्यो शहरमा रोकिएन, जहाँ संक्रामक रोग फैलिएको थियो । त्यहींबाट अंग्रेजीमा क्वारेन्टाइन शब्द प्रचलित भएको हो ।

संक्रामक रोगका कारण लामो समयसम्म ब्रिटिश जहाजलाई एउटा शहरबाट टाढा रखिएको थियो । त्यो समयमा ठुलो रुपमा संक्रामक रोग फैलिएको थियो । त्यसबाट टाढा रहने अवधिलाई क्वारेन्टाइन भनिन थालिएको हो ।

यो १६ औं शताब्दीको अन्त्यको समय थियो, जब अंग्रेजहरु आफ्ना जहाजहरुमार्फत संसारका विभिन्न देशहरु गएका थिए । विभिन्न मुलुक आउने क्रममा अंग्रेजहरुले क्वारेन्टाइन शब्दलाई इटालिन शब्दकोषबाट लिएका थिए ।

इटालीमा यो शब्द फ्रान्सको माध्ययमबाट आएको हो तर यो शब्दको वास्तविक उत्पतिको कुरा गर्नु पर्दा यो एउटा ल्याटिन शब्द क्वारेन्टाइनबाट आएको हो जसको अर्थ पनि ४० नै हुन्थ्यो भन्ने पत्ता लाग्यो ।

आइसोलेसन

यो शब्दको उत्पति इजल्यान्ड शब्दलाई मानिन्छ, जसको अर्थ टापु हुन्छ । वास्तवमा १४२३ औं शताब्दीमा इटालीको भेनिसमा ठुलो अस्पताल बनाइयो । त्यो अस्पताललाई प्लेगका रोगीहरुको उपचारका लागि बनाइएको थियो । त्यो अस्पताल एउटा टापुमा बनेकोले त्यहिंबाट आआइसोलेसन शब्दको उत्पत्ति भएको मानिन्छ ।

क्वारेन्टाइन र आइसोलेसनबीचमा अन्तर

यी दुवै शब्दहरुमा ठुलो अन्तर रहेको छ । क्वारेन्टाइन शब्दको प्रयोग मुल रुपमा त्यस्ता व्यक्तिहरुका लागि गरिन्छ, जसलाई संक्रामक रोगहरुबाट बच्नु पर्छ, अर्थात उनीहरु संक्रामक रोगीहरुको चपेटामा आउन नपाउन भन्ने हो । तर आइसोलेसनको प्रयोग त्यति बेला गरिन्छ, जहाँ संक्रामक रोगीको चपेटामा आइसकेपछि उनीहरुको उपचार भैरहेको समय अथवा उनीहरुमा कुनै रोगको संक्रमण भएको शंका हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment