+
+

रोकिने भयो ‘सक्किगोनी’को प्रशारण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १५:४६

हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द हुने भएको छ । कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण स्थगन गरिएको निर्माण पक्षले बताएको छ ।

सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए । सरकारबाट अर्को सुचना नआएसम्म सक्किगोनीको प्रशारण बन्द हुने अर्जुनको भनाई छ ।

सिरियलको प्रशारण रोकिँदा दर्शकदीर्घामा पर्न गएको असरमा निर्माण पक्षले क्षमायाचना गरेको छ । अर्जुनले लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’

छायांकन रोकिएपछि अहिले सम्पूर्ण युनिट सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णयमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?