
९ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परामर्श सर्वसाधारणलाई टेलिफोनबाटै उपलब्ध गराउने भएको छ ।
सरकारले आम नागरिकलाई आकस्मिक स्वास्थ्य समस्याबाहेक अस्पताल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेका बेला चिकित्सक संघले टेलिफोनबाटै कोरोना भाइरससँग सम्बन्धित परामर्श दिन लागेको हो ।
त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको हो । संघका अनुसार तोकिएको निश्चित समयमा सर्वसाधारणले ती विशेषज्ञ चिकित्सकलाई फोन गरी कोरोना भाइरस संक्रमणसँग सम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् ।
हेर्नुहोस् डाक्टरको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4