Comments Add Comment

ठूला होटेलका अधिकांश कर्मचारीलाई एक महिना बिदा, सेवा बन्द नहुने

९ चैत, काठमाडौं । तारे तथा ठूला होटेलले कर्मचारीलाई एक महिना बिदा दिने निर्णय गरेका छन् । होटेलको अत्यावश्यक सेवामा कार्यरत कर्मचारी तथा श्रमिकबाहेक अन्य कर्मचारी र श्रमिकलाई एक महिना बिदामा पठाउने निर्णय होटेल संघ नेपाल (हान)ले गरेको छ । तर, परिस्थितिको समिक्षा गरी यो समय भने हेरफेर हुने संघले जानकारी दिएको छ ।

होटेलमा कार्यरत रहने कर्मचारीले स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री (मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा)को प्रवन्ध गरी काममा लगाउने निर्णय समेत होटेल व्यवसायीले गरेका छन् ।

हरेक १५ दिनमा होटेल संघ नेपाल (हान)का पदाधिकारी र संयुक्त ट्रेड यूनियनका पदाधिकारीबीच समिक्षा बैठक हुनेछन् । कर्मचारीको बिदा भने संचित बिदाबाट काट्ने निर्णय गरेका छन् । यसको मतलव कर्मचारीको सेवा सुविधा कतौटी नहुने भएको छ ।

संचित बिदा नहुने कर्मचारीको हकमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गरिने भएको छ ।

कोरोना रहेसम्म लिभ ट्राभल एलाउन्स भने उपलब्ध गराउन नसकिने निर्णय होटेल व्यवसायीले गरेका छन् । महामारीको प्रकोपले होटेल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र क्षतिको विषयमा हान र ट्रेड यूनियनको संयूक्त प्रतिनिधिले नेपाल सरकार र सम्बन्धित निकायमा होटेल तथा होटेलमा कार्यरत श्रमिको लागि आवश्य पर्ने राहत र सुविधाका विषयमा अनुरोध गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment