+
+
Shares

बढी भाडा उठाउने २० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १८:०९

काठमाडौं । सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने २० जना पक्राउ परेका छन् । कोरोनाका कारण शैक्षिक संस्थाहरु बन्द भएपछि उपत्यका बाहिरिने बढेको मौका छोपी महंगोमा टिकक बिक्री गर्ने थप २० जनालाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले आफै यात्रु बनेर बढी भाडा लिनेहरुलाई पत्ता लगाइ नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।

ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा स्ट्रिङ्ग अप्रेशन चलाएर उनीहरुलाई निन्त्रणमा लिइएको ढकालको भनाइ छ ।

पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्‍ठ, गोबिन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाइली, शुक्र लामा, दिनेश शाह र जयन्द्रकुमार शाही रहेका छन् ।

यसअघि ट्राफिकले ७ गते ९ जना र ८ गते १७ जना लाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा बुझाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?