
सरकारले कोरोना भाइरसको फैलावट रोक्न सामाजिक दुरी कायम राख्न सल्लाह दिँदै आएको छ । यसबारेमा विश्व स्वास्थ्य संगठनले समेत बारम्बार यस बारेमा आग्रह गर्दै आएको छ । जानेर वा नजानेरै पनि धेरैले सामाजिक दुरी तर्फ ध्यान दिने गरेका छन् । यही नै कोरोना भाइरसबाट बच्ने सबैभन्दा सजिलो तरिका हो ।
सामाजिक दुरी किन महत्वपूर्ण ?
सामाजिक दुरी भनेको एक अर्काबाट टाढा रहनु हो जसबाट संक्रमणको जोखिम कम गर्न सकियोस् । जब कोरोना भाइरस संक्रमित कसैलाई खोकीले सताउँछ । तिनीहरूको थुकको मार्फत्बाट धेरै साना कणहरू हावामा फैलिन्छन् ।
यी कणहरूमा कोरोना भाइरसको किटाणुहरु हुन्छन् । यी भाइरसका कणहरू संक्रमित व्यक्तिको नजिक आउँदा श्वासप्रश्वासको माध्यमबाट तपाईंको शरीरमा प्रवेश गर्छ । कोरोना संक्रमण भएको हातले मुख वा नाकमा छुँदा त्यसैको माध्यमबाट कोरोना सर्ने गर्छ ।
यस अवस्थामा खोक्दा र हाछ्युँ गर्दा रुमालको प्रयोग गर्ने, आफ्नो हात नधोइकन अनुहार नछुने जस्ता सावधानीका उपायहरुबाट पनि हामी यसको उपाय खोज्न सक्छौं ।
संक्रमित व्यक्तिसँगको सम्पर्कमा नजानु नै भाइरस फैलिनबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय हो । त्यसकारण मानिसहरूलाई एकै ठाउँमा धेरै मानिसहरूलाई जम्मा नगर्ने, एक अर्काबाट टाढा रहने, कुरा गर्ने वा हात नमिलाएर पनि कोरोनाबाट बच्न सकिन्छ ।
सामाजिक दुरी कायम राख्नको लागि नै सरकारले स्कुल र क्याम्पसहरु बन्द गराएको छ, सबै किसिमका परीक्षाहरु अर्काे सूचना जारी नभएसम्मको लागि स्थगित गरिसकेको छ । रेस्टुरेन्टलाई ह्यान्डवाश प्रोटोकल अनुसरण गर्न र मानिसहरूले प्राय: जसो ठाउँमा छुने ठाउँहरू सफा गर्न सल्लाह दिइएको छ ।
सरकारले कुनै पनि प्रकारको अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । बस वा विमानमा यात्रा गर्दा अरुसँग दुरी कायम राख्न भनिएको छ । व्यावसायिक गतिविधिमा संलग्न ब्यक्तिले ग्राहकहरुसँग एक मिटरको दुरी कायम राख्न भनिएको छ ।
सामाजिक दुरी कसरी कायम राख्ने ?
सामाजिक दुरी भनेको भीडबाट मानिसलाई टाढा राख्नु हो । एकै ठाउँमा जम्मा हुनबाट जोगिनु नै कोरोनाबाट बच्ने उपाय हो । कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रालयले सुरुदेखि नै भीडभाड भएको ठाउँबाट नजान अपिल गर्दै आएको छ ।
सामाजिक घटनाहरूको क्रममा भीड हुने गर्छ । यस्तो अवस्थामा भीड भएको ठाउँमा संक्रमित व्यक्तिबाट अरुमा संक्रमणको डर हुन्छ । भीडहरु धेरै हुने ठाउँहरु जस्तै, बस स्टेसनहरुमा आउने मान्छे संक्रमित छ कि छैन ? भनेर पत्ता लगाउन गाह्रो छ । यस्तो अवस्थामा सामाजिक दुरी कायम राख्नु उत्तम विकल्प हो ।
धार्मिक कार्यक्रमहरुमा संयमता
कोरोनाबाट बच्नको लागि धार्मिक क्षेत्रमा हुने भीडभाडबाट बच्नुपर्ने हुन्छ । धार्मिक स्थलहरुमा सकेसम्म धेरै बेर नबस्नको लागि समेत सरकारले आग्रह गरेको छ । त्यस्तै, भारतमा त विभिन्न धार्मिक संगठनहरुलाई त्यस्ता कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको छ । यसरी धार्मिक कार्यक्रमहरुमा समेत संयमता अपनाउनु पर्ने देखिन्छ ।
धेरै भीड हुने समयबाट बचौं
सामान्यतया कार्यालय समय सकिएपछि बजारमा धेरै भीड हुने गर्छ । गल्लीका बजारहरु एवं तरकारी बजारहरुमा यी समयमा धेरै भीड हुन्छ । त्यस्तो समयमा सकेसम्म बाहिर निस्कनु हुँदैन । कार्यालयमा काम नहुनेहरुले त्यो समयमा सकेसम्म बाहिर ननिस्किएर पनि सामाजिक दुरी कायम राख्न सकिन्छ ।
यो समयमा ठूला ठूला सामान खरिद केन्ऽहरुमा भीड नगर्ने एवं तरकारी बजार, बस बिसौनीहरु आदिमा जागरूकता अभियानहरू सञ्चालन गर्नुपर्ने समेत बताउँछ ।
प्रतिक्रिया 4