Comments Add Comment

डिल्लीबजार कारागारका कैदीबन्दीद्वारा कोरोना कोषमा ४० हजार रुपैयाँ सहयोग

१० चैत, काठमाडौं । डिल्लीबजार कारागारका कर्मचारी र कैदीबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको कोरोनाविरुद्धको केन्द्रीय रातह कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

कारागारका प्रशासन, आन्तरिक प्रशासन र सम्पूर्ण कैदीबन्दीले ४० हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

कारागारका जेलर अरुण पोखरेलले सोमबार केन्द्रीय कोषमा सहयोग गर्ने निर्णय भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘सहयोग गर्नलाई रकम तयार गरिसकेका छौं, चाँडै कोषको खातामा जम्मा गर्छौं ।’

डिल्लीबजार कारागारमा हाल ६ सय २१ जना कैदीबन्दी छन् । कारागारमा कोरोना रोकथामका लागि पूर्वतयारी स्वरुप १० बेडको आइसोलेसन कक्ष तयार गरिँदैछ ।

गेटमा हेल्प डेस्क पनि राखिएको छ भने ज्वरो नाप्ने र साबुन पानीले हात धुने कार्यलाई नियमित गरिएको छ । साथै, सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य गरिएको पोखरेलले बताए ।

यसअघि उद्योगपति वसन्त चौधरीले कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् भने गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि एक करोड रुपैयाँ घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment