Comments Add Comment

खाडी मुलुकका राजदूतसँग परराष्ट्रमन्त्री र श्रममन्त्रीको ‘भर्चुअल’ बैठक

१० चैत, काठमाडौं । नेपाली कामदारहरुको बाहुल्य रहेका खाडी मुलुकका राजदूतहरुसँग सरकारले सोमबार भिडियो कन्फरेन्स गरेको छ ।

खाडी मुलुकमा कोरोनाको असर के छ र त्यहाँका सरकारहरुले के–कस्ता सुरक्षाका उपायहरु अवलम्बन गरेका छन् भन्ने बारे ती मुलुकमा कार्यरत नेपाली राजदूतहरुसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सोमबार दिउँसो सामूहिक ब्रिफिङ लिएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवाली र श्रम तथा रोजगार मन्त्री यादवसँग भिडियो कन्फरेन्समा साउदी, कतार, युएई, ओमान, बहराइन, इजरायल, इजिप्ट, कुवेत र दक्षिण आफ्रिकाका कूटनीतिक नियोगका अधिकारीहरुलाई भिडियो कन्फरेन्समा सहभागी गराइएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बारे भिडियो कन्फरेन्समा मन्त्रीद्वयले नेपाली दूताबासका अधिकारीहरुसँग गरेको छलफलका विषयहरू-

१. खाडी देशहरुको कोरोनाको पछिल्लो अपडेट, खाडी देशहरुको वर्तमान अवस्था एवं रोगको फैलँदो/नियन्त्रणको ट्रेन्ड ।

२. खाडी देशका सरकारले विदेशी नागरिकलाई गरेको व्यवस्था ।

३. ती देशहरुमा कार्यरत नेपाली नागरिकको अवस्था ।

४. नेपाली नियोगले चालेका कदम तथा भविश्यमा अवलम्वन गर्नुपर्ने उपायहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment