+
+
Shares

डोटीमा भोलिदेखि कर्फ्यू 

रामहरि ओझा रामहरि ओझा
२०७६ चैत १० गते १७:३९

१० चैत, डोटी । विश्वभरि फैलिएको कोरोना भाइरस (कोविड–१९) को संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ । निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ । सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको हो ।

भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मावबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत सेवा वाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको छ।

निषेधाज्ञाको उलंघन भए कानून वमोजिम कारबाही हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीय प्रशासन ऐन अनुसार त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?