Comments Add Comment

कोरोनाविरुद्ध सतर्क रहन फुटबलरको यस्तो अपिल

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसबारे सतर्क रहन फुटबल खेलाडीहरुले आग्रह गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका पुरुष र महिला खेलाडीहरुले कोरोनाविरुद्ध लड्न आग्रह गरेको भिडियो सन्देश अखिल नेपाल फुटबल संघ एन्फाले संयुक्त रुपमा सार्वजनिक गरेको छ ।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ रोहित चन्द र सुजल श्रेष्ठ अनी महिला टिमका सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बाले कोरोनाबाट बच्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

गोलकिपर किरणले देश, विदेश नै कोरोनाले प्रभावित भएको भन्दै नेपालमा त्यस्तो अवस्था नआउन हामीले सतर्कता अपनाउनु पर्ने बताएका छन् । उनले भिडभाडमा नजान, महत्वपूर्ण काम नभए बाहिर ननिस्कन भनेका छन् । यस्तै हातले नाक मुख आँखालगायत स्थान नछुन, हात मिलाउनुको सट्टा नमस्ते गर्न पनि भनेका छन् ।

अहिलेको अवस्थामा घरमै बस्नु नै सबैभन्दा राम्रो र सुरक्षित उपाय रहेको किरणले बताए ।

यस्तै यस्तै रोहित चन्दले कोरोना बाट बच्न डब्लुएचओ लगायत नेपाल सरकारले ल्याएको नियमहरुको पालना गर्नु आग्रह गरेका छन् ।

सुजल श्रेष्ठले पनि अहिले बाहिर आएको फेक न्युजमा भर नपर्न र नेपाल सरकार र डब्लुएचओबाट आएको समाचारमा भर पर्न आग्रह गरे ।

महिला टिमकी सदस्य सावित्रा भण्डारीले घरमै बस्ने र कोरोना विरुद्ध गोल गर्नुपर्ने बताएकी छिन् । उनले पनि आधिकारिक निकायको सुचनामा विश्वास गर्ने र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् । उनले आफ्नो परिवारको ख्याल राख्ने हात धुनसमेत भनेकी छिन् ।

यस्तै महिला टिमकी गोलकिपर एन्जिलाले पनि सामाजिक सञ्जालमा भ्रम फैलाउने खालको सामाग्री नदिन आग्रह गरेकी छिन् । उनले बाहिर निस्कँदा मास्कस प्रयोग गर्ने साबुन पानीले हात धुने सेनेटाइगर प्रयोग गर्न भनेकी छिन् ।

यसैगरी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका कप्तान कमल श्रेष्ठले पनि फेसबुकमार्फत सन्देशमार्फत आफू पनि बचौँ अरुलाई पनि बचायौँ भन्दै कोरोनाबाट सुरक्षित रहन आग्रह गरेका गरेका छन् ।

यसअघि राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान तथा अलराउण्डर पारस खड्काले पनि कोरोनाविरुद्ध एकजुट भएर लड्न सबैलाई आग्रह गरेका थिए । खड्काले पनि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै घरमै बसेर सरकारको निर्णय पालना गर्न र अत्यावश्यक समय बाहेक अरु बेला घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । कोरोनाको कारण ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

नेपालमा भने अहिलेसम्म दुई जनामा मात्र कोरोना संकरमण भेटिएको छ । तर कसैको मृत्यु भएको छैन । यसअघि कोरोना पोजिटिभ भेटिएको व्यक्ति त्यसबाट रिकभर भइसकेका छन् । सोमबार मात्र अर्को एक जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नेपाल सरकारले कोरोनाबाट बच्न अहिले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । यस्तै चीन र भारतको नाका पनि केही समसयको लागि बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment