+
+
Shares

चितवनका पत्रपत्रिका चैत २१ गतेसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १८:२२

१० चैत, चितवन । कोरोना भाइरसको त्रासका कारणले चितवनबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका छन् ।

जिल्लाबाट प्रकाशन हुने १९ वटा दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकहरुको सोमवार बसेको बैठकले आगामी बुधवारदेखि चैत २१ गते शुक्रवारसम्म पत्रिका बन्द गर्ने निर्णय गरेको हो ।

उनीहरुद्वारा जारी विज्ञप्तिमा सबैतिर बजार बन्द भएसँगै पत्रपत्रिकाको प्रकाशनमा कठिनाइ परेकोले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ ।

न्यूज प्रिन्टको अभाव, समाचार संकलनमा जोखिम भएको उल्लेख गरिएको छ । पत्रपत्रिका बन्द भए पनि अनलाइन संस्करण भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?