+
+
Shares

पाल्पामा सवारी साधन चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १८:४९

१० चैत, बुटवल । जिल्ला प्रशासन कार्यालय पाल्पाले सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । कोभिड–१९ संक्रमण भित्रिन नदिने उद्देश्यले मालबाहक सवारी साधनबाहेक अन्य निजी, सार्वजनिक, भाडाका सवारी साधन, टिपर लगायतलाई अर्को सूचना नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको हो ।

मालबाहक र अत्यावश्यक सवारी साधनलाई भने प्रतिबन्ध नलगाइएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । मालबाहक गाडीमा चालक र सहचालकमात्रै बस्न पाउनेछन् ।

‘पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न, दूध, पानी जस्ता ढुवानी गर्ने सवारीसाधन निर्वाध सञ्चालन हुनेछन्,’ प्रजिअ सुवेदीले भने, ‘अन्तरपालिका तथा अन्तरजिल्ला सञ्चालन हुने सवारी साधन सञ्चालनमा भने रोक लगाएका छौं ।’ निर्णय अवज्ञा गरेको पाइएमा कानून बमोजिम कारबाही हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?