Comments Add Comment

कोरोनाको उपचार समन्वय गर्ने जिम्मा सुरक्षा निकायलाई

१० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) सम्बन्धी उपचारको जिम्मेवारी सरकारले सुरक्षा निकायलाई दिएको छ ।

यसका लागि सरकारले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल तोकेको छ ।

अस्पतालमा नेपाली सेनाका चिकित्सकको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकताका आधारमा सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल भन्छन्, ‘अब बलम्बुको एपीएफ अस्पतालमा कारोना संक्रमितको मात्रै उपचार हुन्छ ।’

यसको समन्वयका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक पहल गर्ने गरी निर्णय गरिएको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment