+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोनाले जेनेरेशन नै चेन्ज गर्ने भो !

सुजन दाहाल सुजन दाहाल
२०७६ चैत ११ गते १२:५४

विश्वभर तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसले जेनेरेशन नै परिवर्तन गर्ने संकेत गरेको छ । एक पुस्ताले लिएको विचार र अपनाएको संस्कार, आचरण र व्यवहारलाई ब्रेक गरेर अर्को पुस्तामा अर्कै प्रकारको विचार, संस्कार, आचरण र व्यवहार स्थापित गराउने निश्चित देखिन्छ । लामो समयदेखि चल्दै आएका यस्ता अनेक व्यवहार, संस्कार, विचार र मूल्य मान्यताहरु दरसन्तानमा हस्तान्तरित हँदा वा बर्तमानको तल्लो पुस्तामा मोडिफाई भएर मात्र हस्तान्त्तरित हुने अवस्थाको सिर्जना भएको छ । लाउने खाने, सोच्चे बोल्ने, दैनिक व्यवहार, परनिर्भरता, बस्तुप्रतिको मोह, आकर्षण र समग्र जीवन दर्शनका बारेमा मानिसहरुले नयाँ ढंगले सोच्नु पर्ने बेला आएको छ र सोच्ने पनि छन् ।

पूर्वीय दर्शनका हामी आपसी सम्मान र प्रेम व्यक्त गर्न नमस्कार गर्छौ । पश्चिामाहरु सोही कार्यका लागि हात मिलाउने, गाला जोडने, मुख जोडने, चुम्बाचाटी अनेक गर्छन । अहिले संसारभरी सवै प्रकारको ग्रिटिङ वा अविभादनभन्दा नमस्कार लोकप्रिय बनेको छ । पश्चिमा देशहरुका शासकहरुले नमस्कारलाई नै उत्तम ठानेर अंगिकार गरेको देखियो । यसबाट पश्चिमाको अंकमाल गर्ने, चुम्मा चाटी गर्ने, गाला जोडाउने, हात मिलाउने भन्दा नमस्कार धेरै गुणा बैज्ञानिक छ भन्ने प्रमाणित हुन्छ । त्यसैले यूरोप र अमेरिकाजस्ता देशहरुमा अन्य संस्कृति र सस्कारको बदलामा नमस्कार गर्ने कुरालाई स्वीकार गरेर यो नै उत्तम हो भनी सोही अनुसार आफ्नो व्यवहार, संस्कृति र आचारण परिवर्तन गरिरहेका छन् । यस्ता भै रहेका कुरा छाडेर अर्को कुरा अपनाउनु नै जेनेरेशन चेन्ज हो ।

नेपालमा पश्चिमाको सिको गर्दै नक्कल पारी पारी मुख बटारेर अग्रेजी मात्र बोल्ने, नेपाली बोल्नै परे अग्रेजी नमिसाइ नबोल्ने, नमस्कारको सट्टा हगमा रमाउने, हात मिलाउने, आफ्नो गाला लगेर अरुको गालामा झ्याप्पै टसाउने, चुम्वन गर्ने ढालुप्रसाद र ढालुदेवीहरुलाई कोरोना घटनाले राम्रो शिक्षा दिएकै होला । अरुको संस्कृतिमा रमाउदा कुनै दिन समस्यामा पर्न सकिन्छ भन्ने पनि कोरोनाको संदेश रहेको छ । अरुको संस्कृतिको बैज्ञानिक पाटोलाई मूल्याङ्कन नै नगरी आफुमा लागू गर्दा त्यसले राम्रो परिणाम दिन सक्दैन । । नेपालमा बजारे र तल्लो पुस्तामा मौलाउदै गएको यस्तो खाले पश्चिमा संस्कृति पनि कोरोनाले गर्दा ब्रेक भएर आफ्नै मौलिक संस्कृतिमा नै फर्किने निश्चित छ । यो नै जेनेरेशन जेन्ज हो ।

दिशा धोएर माटोले हात धुने धेरै नेपालीहरु सेनिटाइजरले हात धुने भए । पानीले मात्र हात धोएर भात खानेहरु डिटोलले हात धोएर मात्र खाने भए । पढेलेखेका भनौदाहरु पनि व्यक्तिगत सरसफाइमा ख्याल गर्दैन थिए । अहिले हात फोहोर अंग रहेछ भनेर महसुस गर्न थाले । ‘सित्तैमा पाए भनेर हात नथाप्नु’ भन्ने नेपाली भनाइ छ । हात थाप्नुभन्दा अगाडि आफ्नो हात हेर्नु पर्ने रहेछ भन्ने कुरा अहिले चाल पाए । धेरै नेपालीले त सेनिटाइजर सुने कै थिएनन् । अहिले सेनिटाइजर गोजी गोजीमा बोकेर हिँड्न थाले । हाम्रोमा ‘खान पाए भनेर खाइ नहाल्नु’ भन्ने अर्को पनि कहावत छ । खानु अघि खानेकुरा कस्तो छ, सफा छ छैन, खाने हात कस्तो छ, सफा छ छैन भन्ने कुरा विचार गरेर मात्र खानु पर्ने रहेछ भन्ने पनि चाल पाए । नेपालीका यी र यस्ता थुप्रै विद्यमान व्यवहार, आचरण, संस्कार र विचार कोरोनाले परिवर्तन गरिदिएको छ । यो नै जेनेरेशन जेन्च हो भन्नु पर्छ ।

कोरोनाले नेपालीको मात्र होइन संसार कै जेनेरेशन चेन्ज गराइ दिने भयो । मानिसको विचार, व्यवहार, संस्कार र आचरणमा संसारमा नै नयाँ मूल्य, मान्यता स्थापित गराउने निश्चित भै सकेको छ । यद्यपि संसारभर अहिले कोरोनालाई विभिन्न पाटोबाट विश्लेषण गरिँदैछ । कसैले यसलाई केमिकल वेपन्स भनेका छन् । कसैले राजनैतिक दाउपेज मानेका छन् । कसैले व्यापार भनेका छन् । कतिले यसलाई सामरिक रुपमा पनि विश्लेषण गर्ने गरेका छन । तर जे भए पनि अहिलेका लागि कोरोना भाइरस एउटा रोग हो, एउटा महामारी हो भनेर बुझ्नु आवश्यक छ र सोही अनुसारको प्रवन्ध गर्नु नै बुद्धिमानी पनि हुन जान्छ । वर्तमान संकटको घडीमा अनावश्यक कुरा गर्नु भन्दा के गर्दा यो रोगबाट मुक्ति मिल्छ त्यो कोणबाट विश्लेषण गर्नुचाहिँ सबैको लागि कल्याण हुन्छ । विषम परिस्थितिको यो बेलामा संयमित र धैर्यवान हुनु नै अहिलेको आवश्यकता हो ।

कोरोनाले संसार एउटा गाँउ हो भन्ने कुरा सिद्ध गरेको छ । संसार भरीका मानिसहरुलाई एकताबद्ध पारिदिएको छ । संकटलाई मिलेर सामना गर्नु पर्छ भन्ने कुरा पनि सिकाएको छ । भौगोलिक सिमाना, जात जाति, कालो गोरो, अग्लो होचो केही नभनी कोरोना व्यापक रुपमा फैलिदैछ । संसारमा कतिपय कुराहरुको सीमाना हुदैन भन्ने कुराको पनि मार्गदर्शन गरेको छ । अरुको दुःखमा रमाउनु हुँदैन आफुलाई पनि पर्न सक्छ भन्ने कुराको पनि संदेश दिएको छ । कोरोना जस्ता महामारीले कसैमाथी विभेद गर्दैन बरु यो त सवैका लागि बराबर हुदो रहेछ भन्ने बुझ्नु नै राम्रो बुझाइ हुन्छ । विश्वशक्ति राष्ट्रहरु पनि यसबाट पीडित भए र गरीब देशहरु पनि पीडित भए । आखिर समस्या त सबैलाई पर्ने नै रहेछ ।

सुनामी जस्तो गरेर आइरहेको कोरोनाबाट बच्न नेपाल सरकारले पनि एक पछि अर्को अप्रिय कदमहरु उठाउदै आएको छ । जुन सराहनिय र प्रशसनीय छ । सरकारले आफूसँग भएको साधनस्रोतले भ्याए सम्म व्यवस्थापन गर्दै नै छ । भविष्यमा हुन सक्ने सम्भावित घटनाको आँकलन गरेर सरकारले आफ्ना कार्यहरु अगाडि बढाउँदै छ । आशा गर्नु पनि पर्छ सरकारले अझ राम्रोसँग कोरोनाविरुद्ध लडनका लागि कार्यहरु गर्दै जानेछ । तर सरकार एक्लैको पहलले मात्र पुग्दैन । नागरिक पनि इमान्दार बन्नु पर्छ । कानूनको परिपालना गर्नु पर्छ । नागरिले राज्यसँग अधिकार खोज्दा आफ्नो दायित्वलाई पनि बिर्सन हुँदैन । नागरिकहरुले आफ्नो मर्यादालाई उल्लघन गर्नु हुँदैन । नागरिक अनुशासित नभइ आदर्शमय समाजको परिकल्पना गर्न पनि सकिँदैन । सरकारले चालेका हर कदमहरु मेरो लागि नै सरकारले चालेकोे हो भन्ने बुझ्नु पर्छ । सरकारले घोषणा गरेको ‘लक डाउन’ अभियानलाई नागरिकले आत्मसाथ गर्नु पर्छ । जसले गर्दा केही हद सम्म भए पनि हामी कोरोनाबाट सुरक्षित हुन सक्छौ ।

नेपालीलाई कोरोनाले मानसिक रुपमा सचेत, सामाजिक रुपमा सक्रिय, भावनात्मक रुपमा संवेदनशील र मनोवैज्ञानिक रुपमा त्रसिद बनाएको छ । कतिपयले कोरोनालाई मजाक पनि बनाइ दिएका छन् । तर यो हेलच्याक्राई गर्ने विषय होइन । यो ख्यालठट्टाको सवाल होइन । यो त जीवन मरणको सवाल छ । यस्तो घडीमा हामी सवै संम्वेदनशील बन्नु पर्छ । अहिले अरुलाई दोष देखाउने हैन आफूले राज्यप्रति गर्नु पर्ने दायित्व कसरी पूरा गर्ने भनेर चिन्तन गर्ने बेला हो । संसारभरीका नेपाली एकजुट हुने बेला हो । अफवाह र अनर्गल फैलाउने समय होइन । अहिले त देश र नागरिक प्रति इमान्दार भएर अगाडि बढ्ने बेला हो । त्रासको यो समय दुःखमा होइन शक्तिमा बदल्ने बेला हो । जसरी हावा हुन्डरी आउदा फोहोर मैला बढारेर लैजान्छ त्यसरी नै कोरोनाजन्य महामारीको हुन्डरी सकिएको दिन नेपाल र नेपालीमा भएको फोहोर मैला पनि बढारिएर जानेछ । हामी सबै कोरोनासंग ढटेर सामना गरी परास्त गरौ । तत्पश्चात, नयाँ बिहानीको सुरुआत हुनेछ । नयाँ विचार, मूल्य, मान्यता, आचरण, व्यवहार र संस्कारको बाटोमार्फत् नेपालको मात्र नभएर विश्वको नै जेनेरेशन चेन्ज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?