Comments Add Comment

प्रदेश १ सरकारद्वारा कोरोना रोकथामका लागि १० करोडको कोष स्थापना

११ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ ।

उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेस्क स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेसन डेस्कमा कोरोना सम्बन्धी सूचनाहरु उपलब्ध गराउने छन् ।

राउतको ११ लाख सहयोग

विराटनगरका उद्योगी राजेन्द्र राउतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

प्रदेश सरकारले निर्माण गर्ने कोषमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले ११ लाख सहयोग गर्ने भएका हुन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न लागेको राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment