
नायिका वर्षा सिवाकोटी स्वास्थ्यमा विशेष ख्याल राख्छिन । उनी, दैनिक जीम जाने तथा घरमै पनि व्यायम गर्छिन ।
विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले एक सातासम्मलाई लक डाउन गरेको छ । यो समयमा अत्यावश्यक काम बाहेक हिडडुल गर्न पाइदैन ।
यसैले नेपाली चलचित्रका कलाकारहरु अहिले घरमै बसेर समय बिताइरहेका छन । कोही पुस्तक पढिरहेका छन त कोही चलचित्र हेरिरहेका छन ।
नायिका वर्षा सिवाकोटीले पनि लक डाउनको सदुपयोग गर्न अपिल गरेकी छिन । सामाजिक संजालमा आफुले व्यायम गर्दै गरेको भिडियो सार्वजनिक गर्दै उनले व्यायममा पनि ध्यान दिन स्वस्थ रहन अपिल गरेकी हुन ।
कोरोना भाइरसको सन्त्रासले नेपाललाई पनि छोएसँगै उनले भिडियो सार्वजनिक गर्दै जनचेतना जगाउने काम गरिरहेको पाइन्छ । वर्षाले व्यायम, जीम घरमै गर्न र बाहिर ननिस्कन अपिल गरेकी छिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4