Comments Add Comment

विराटनगरको नाकामा मान्छे रोकिए, सामान आयात उस्तै

११ चैत, विराटनगर । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन गरिएपछि पूर्वी नपालको मुख्य नाका विराटनगरको रानी नाका क्षेत्र सामान्य छ ।

रानी नाकाबाट नेपाल र भारत दुबैतर्फ प्रवेशमा रोक लगाइएको छ । भारतका विभिन्न ठाँउबाट आएका नेपाली नाका क्षेत्रमा रोकिएका छन् । उनीहरुलाई नेपाल तर्फको सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सिमानामा भारतबाट केही नेपाली आएपछि उनीहरुलाई नेपाल प्रवेश गराउन तयारी भइरहेको जाकनारी दिए ।

नेपाल आयल निगमको ट्यांकर पेट्रोलियम पदार्थ लिन भारततर्फ गएका छन् । भारतबाट ग्यास, खाद्यान्न, फलफुल लगायतका सामाग्री सामान्य अवस्थामा जस्तै आयात भइरहेको छ । लकडाउनका कारण जोगवनी नाकामा नेपालबाट भारततर्फ जाने असामान्य अवस्थाका यात्रु बाहेक सबैलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएको छ ।

त्यसैगरी रानी नाकाको भन्सारको यार्ड खाली रहेको छ । भारत र नेपाल दुबैतर्फको एकीकृत जाँच भन्सार परियोजनामा अति आवश्यक सामाग्री लिएर आएका एवं खाली लरी र मालबहाक ट्रक लामबद्ध रुपमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment