Comments Add Comment

ट्रम्पले सिफारिस गरेको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

१२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् ।

ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको  र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार, क्लोरोक्वाइन सेवन गर्ने दम्पती ६० वर्ष माथिका छन् ।

क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो ।

तर, ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए ।

औषधि सेवन गर्ने ती महिलाले एनबीसी न्युजसँग क्लोरोक्वाइनको सम्भाव्य फाइदाबारे आफूले ट्रम्पको टेलिभिजन सम्बोधनमार्फत थाहा पाएको र त्यहीअनुरूप सेवन गरेको बताएकी छन् ।

कोरोनाको संक्रमण नभए पनि त्यसको सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले मलेरिया, लुप्सलगायत रोगका लागि क्लोरोक्वाइन सिफारिस गरेको थियो । तर कोरोनाका बिरामीका लागि यसले काम गर्छ कि गर्दैन भनेर अहिलेसम्म ठोस अनुसन्धान भएको छैन ।

अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment