+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

खोटाङमा तयार भयो ३६ शय्याको क्वारेन्टाइन

रासस रासस
२०७६ चैत १२ गते १०:३७

१२ चैत, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मंगलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
यसअघि माउन्ट एभरेष्ट बोर्डिङ स्कूलमा निर्माण गर्ने भनिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्षले अवरोध गरेपछि कभर्ड हल सारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
‘हामीले आफ्नै कभर्ड हलमा निर्माण गर्ने भनेका थियौँ,’ उनले भने, ‘उहाँहरुकै अनुरोधमा बोर्डिङमा निर्माण गर्ने निर्णय गरिएको थियो, अन्तिम चरणमा आएर व्यवस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठले नै अवरोध गर्नुभएपछि पुनः कभर्ड हल सारिएको हो ।’
जिल्ला समन्वय समिति खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
करीब दुई घण्टाको अवधिमा क्वारेन्टाइन निर्माण गरिएसँगै जिल्लामा सञ्चालित सबै एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

यसअघि जिल्लाको एक मात्र सरकारी अस्पताल दिक्तेल बजारमा तीन शय्याको आइसोलेसन वार्ड स्थापना गरिसकिएको छ । अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्ड कम क्षमताको भएपछि कभर्ड हलमा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल विकास समिति खोटाङका अध्यक्ष बबि चाम्लिङले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?