Comments Add Comment

भीम अस्पतालमा भर्ना भएका दुवै जनाको रिपोर्ट ‘नेगेटिभ’

१२ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भीम अस्पताल भैरहवाको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना बिरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

शनिबार भर्ना भएका रुपन्देहीका १० वर्षीय बालक र प्युठानका २० वर्षीय युवकको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए ।

दुबैजनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । ‘मणिग्रामका बालकमा टन्सिल देखियो, प्युठानका युवकमा ज्वरो र रुघा मात्रै रहेछ,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘एकजना डिस्जार्ज भइसक्नुभयो, एकजनालाई आज डिस्जार्ज गर्छौं ।’

भीम अस्पतालमा अबदेखि कोरोना संक्रमण पुष्टl भएका बिरामीको मात्रै उपचार गरिने र मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचार बुटवल धागो कारखानामा बनेको आइसोलेसन अस्पतालमा हुने उनले जानकारी दिए ।

अस्पतालमा हालसम्म दुईजना मात्रै कोभिड–१९ संक्रमणको आशंकामा उपचारका लागि भर्ना भएको उनले बताए । अस्पतालमा ३० बेडको कोरोना उपचार केन्द्र बनिरहेको र तीन दिनभित्र तयार हुने पनि सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment