Comments Add Comment

चितवनमा लकडाउन उल्लंघन गर्ने १५ जना पक्राउ

१९३ सवारी प्रहरी नियन्त्रणमा

१२ चैत, चितवन । चितवनमा लकडाउनको अवज्ञा गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको दोस्रो दिन जिल्लाका विभिन्न स्थानमा विना काम सवारी लिएर हिड्ने १५ जनालाई पक्राउ गरी कारबाही गरी छाडिएको छ । प्रहरीले सम्झाउँदा बुझाउँदा पनि अट्टेरी गर्ने, जबरजस्ती गर्न खोज्नेहरुलाई नारायणगढ, लायन्सचोक, चौविसकोठी, हामिकचोक, टाँडी लगायतका स्थानबाट पक्राउ गरिएको हो ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले १४ महिला र एक पुरुषलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट स्थानीय प्रशासन ऐन २०२८ बमोजिम एक हजार जरिवाना लिएर छाडिएको छ । सो ऐनमा एक हजार जरिवाना वा एक महिनासम्म कैद उल्लेख छ । यसअघि, मंगलबार ७ जनालाई पक्राउ गरी कारबाही गरिएको थियो ।

प्रहरी प्रवक्ता कोइरालाका अनुसार बिहानबाट दिउँसो १२ बजेसम्म १९३ सवारी साधानलाई नियन्त्रणमा लिइएको जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीमा १६८ मोटरसाइकल, १० स्कुटी, २ कार, २ बलेरो, १ म्याजिक, ५ अटो, ३ ट्याक्टर, २ ट्रक छन् ।

ती सवारी साधनहरुलाई लकडाउन खुलेपछि मात्रै आवश्यक छानविन गरेर छाडिने प्रवक्ता कोइरालाले जानकारी दिए । प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सचेत गराएर घर पठाएको जनाएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment