+
+
Shares

सीमा नाका बन्दको विरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १५:०६

१२ चैत, काठमाडौं । सीमा नाका बन्द गर्ने र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सरकारलाई चैत २४ गते छलफलमा बोलाएको छ ।

सीमा र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गर्दा नेपालीलाई आफ्नो देश प्रवेश गर्न असहज भएको र उनीहरुको मौलिक हक हनन भएको भन्दै अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले रिट दिएका थिए ।

उनीहरुले सीमा नाका र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।

सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत २४ गते छलफलमा बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?