+
+
Shares

‘सामाजिक दुरी’ कायम गर्न श्रृष्टीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १५:१७

नायिका श्रृष्टी श्रेष्ठले सामाजिक दुरी कायम गर्न अपिल गरेकी छिन । सामाजिक संजालमा एक तस्वीर र स्टाटस लेख्दै उनले सामाजिक दुरी कायम गर्न सबैसँग अपिल गरेकी हुन ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामाहारी रोकथामका लागि सामाजिक दुरी आवश्यक छ । श्रृष्टीले सार्वजनिक गरेको तस्वीरमा उनी र उनको एक महिला साथीले दुरी बनाएको देख्न सकिन्छ ।

उनले लेखेकी छिन–‘सबै जनाले सामाजिक दुरी कायम राख्नुहोस र सामाजिक ऐक्यवद्धतालाई सुदृढ पार्नुहोस । सबैजना सुरक्षित रहनुहोला ।’

सरकारले लक डाउन गरेसँगै अहिले देशभरका बासिन्दा घरमै छन । यो अवस्थामा पनि घर भित्र पनि दुरी कायम गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?