Comments Add Comment

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीलाई कोरोना

१२ चैत, काठमाडौं । भारतको मध्य प्रदेशमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको छ ।

मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको छ ।

आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका छन् ।

पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन ।

भारतमा ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment