Comments Add Comment

समान आयात निर्यातका लागि चिनियाँ नाका खोल्ने निर्णय

१२ चैत, काठमाडौं । सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य र कृषि मन्‍त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सञ्चालन गर्ने समितिको निर्णय छ ।

चीनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि दुबै नाका बन्द गरिएको थियो ।

नाका बन्द हुँदा नेपालका लागि हिँडेका कन्टेनरहरु बीच बाटोमा रोकिएको भन्दै व्यसवायीहरुले गुनासो गर्दै आएका थिए ।

चीनले पनि सामान आयात निर्यात सुचारु गर्नुपर्ने भन्दै नेपाललाई आग्रह गरेको थियो । सोमबार मन्त्रिपरिषद्बाट अन्तराष्ट्रिय नाकाहरु बन्द गर्ने निर्णय गर्दा पनि यात्रु आवागमन मात्र रोक्ने भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment